माछा मनपर्छ ? स्वास्थ्यका लागि माछा ‘फाइदाजनक’, पढ्नुस् कसरी ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, आषाढ २५ । माछा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक भएको वैज्ञानिकहरुले दाबी छ । उनीहरुका अनुसार माछा खानु स्वास्थ्यका लागि फाइदाजनक हुनुको एउटै कारण माछामा पाइने ‘ओमेगा ३’ नामको बोसोयुक्त ‘एसिड’ हो ।
‘ओमेगा ३’ मानव शरीरमा भएका सम्पूर्ण कोषहरुको झिल्लीको निर्माण र गतिविधिहरुमा सक्रिय भूमिका रहने एउटा अणु हो । विशेष गरी माछाको तेलमा पर्याप्त मात्रामा पाइने ओमेगा ३ का अणुहरुको समूहलाई ‘डीएचए’ भनिन्छ ।
मस्तिष्क र आँखाको रेटिनाको स्नायुतन्त्रिकाहरुको निर्माण, विकास र बृद्धिका लागि ओमेगा ३ एसिड अनिवार्य हुन्छ । ओमेगा ३ ले जीवनभर प्रत्येक क्षणमा हाम्रो शरीरको विकास गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा निश्चित प्रकारका रोगहरु र संक्रमणबाट जोगाउन प्रभावकारी भूमिका निर्वाह गरिरहेको हुन्छ । त्यतिमा मात्र होइन, माछा खानाले तनावमुक्त हुने पनि अध्ययनले देखाएको छ ।
मस्तिष्कका तन्तुहरुको निर्माणका लागि स्नायु तन्त्रिकाहरुको विकासका लागि आँखाको रेटिनाको लागि ‘डीएचए’ अनिवार्य र महत्वपूर्ण तत्व हो । कुनै पनि शिशु जन्मनुभन्दा पहिले शिशुले आमाको गर्भबाट नै ‘डीएचए’ प्राप्त गर्छ । त्यसैले गर्भावस्थामा र सुत्केरी अवस्थामा आमाले पर्याप्त माछा खाने गर्यो भने शिशुले पनि ओमेगा ३ चाहिँदो मात्रामा प्राप्त गर्छ ।
अष्ट्रेलियाकोे ‘युनिभर्सिटी अफ सिड्नी’मा गरिएको एक अध्ययनबाट के पत्ता लागेको छ भने नियमित रुपमा माछाको तेल ‘ओमेगा ३’ खाने गरेका बालबालिकालाई जिन्दगीभर दमको रोग हुने छैन । साथै अध्ययनमा के पनि देखाइएको छ भने माछा नखाने मानिसको तुलनामा माछा खाने मानिसमा अत्यधिक धूमपानका कारण लाग्ने रोगहरुको असर कम हुने गर्दछ ।
यसको अर्थ माछा खाएपछि जति धूमपान गरेपनि हुन्छ भन्ने चाहिँ होइन । त्यसैले माछा खाऔं र शरीर स्वस्थ राखौं । (एजेन्सी)

###
0 comments
Write Down Your Responses