काजकिरिया गरेको २४ वर्षपछि 'मृतक' जिउँदै घर फर्किएपछि........
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :२४ वर्षपछि घर फर्किएका सूर्यनारायण साह
राजविराज : सप्तरीको देउरी भरुवामा एउटा अचम्मलाग्दो दुर्लभ घटना घटेको छ । २४ वर्षअघि परिवारले मरेको ठानी काजक्रिया गरेका एक व्यक्ति अचानक घर आइपुगेका छन्।
उनलाई जिउँदै देखेर परिवारमा एकसाथ खुसी र आश्चर्य छाएको छ भने सारा गाउँवासी यस्तो पनि हुँदो रहेछ भन्न थालेका छन् ।ती व्यक्ति हुन् देउरी भरुवा ९ मुसहर्नियाका ३५ वर्षीय सुर्यनारायण साह । वि.सं. २०४८ कार्तिक २ गते झडकेलो मामा को. मधेपुरा १ का चलितर साहले विभिन्न प्रलोभन देखाई उनलाई रोजगारका लागि भारत लगेका थिए ।
त्यतिखेर उनी ११ वर्षका मात्र थिए । मामासँग गएको छ महिनामै कामको सिलसिलामा विरामी परी मृत्यु भएपछि दाहसंस्कार गरी फर्किएको खबर तिनै मामाले ल्याएपछि परिवारले मरेको ठानी काजक्रिया र श्राद्धकर्म गरेका थिए । सँगै लगेका मामाले नै दाहसंस्कार गरी अस्तु समेत लिएर फर्किएपछि र लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले मरेको नै ठानेका थिए।
घरको आर्थिक अवस्था कमजोर भएकाले सोमादेवी साहले तीन छोरामध्ये जेठा छोरा सुर्यनारायण साहलाई चलितर साहसँगै रोजगारीका लागि भारत पठाएका थिए । चलितर सोमादेवीकी आमा रामदुलारीदेवी साहका दोस्रो पति भुसाइ साहका छोरा हुन् । चलितरले आफुसँगै रोजगारीमा लगाइदिने भन्दै सुर्यनारायणलाई भारत पञ्जाबको जालन्धर लगेका थिए। जहाँ उनले फलाम कारखानाका सञ्चालक सरदार थर भएकालाई ८० हजारमा बिक्री गरेका रहेछन्।
११ वर्षीय सुर्यनारायणलाई सरदारले सुरुको पाँच वर्षसम्म फुलबारीमा पानी हाल्ने काम लगाए र १६ वर्षको भएपछि फलाम कारखानामा काम गर्न लगाएको सुर्यनारायणले बताए । उनले तीनवटा ढोकाभित्र किला ठोकिएको २० फिट अग्लो पर्खालले घेरिएको कम्पाउण्डमा रहेको कारखानामा २५ बर्षसम्म बन्धक भई काम गरे । अत्यन्त कडा सुरक्षाका साथ उनीसँगै भारत विहारका दुई सय र नेपालका ५० जना श्रमिकलाई बन्धक बनाइ राखिएको उनले जानकारी दिए ।
उनका अनुसार कारखाना बाहिर रहेको चिया पसलेको सहयोगमा गत असार ८ गते उनी डोरीको सहारामा छतबाट ओर्ली ट्रकमा लुकेर कारखानाबाट बाहिरिएका थिए । कारखानाबाट बाहिरिए पछि असार ८ गते राति उनी तिनै चिया पसलेको डेरामा सहयोगका लागि पुनः पुगेका थिए । सहृदयी चिया पसलेले घर जानका लागि भाँडा रकम दिएपछि उनी असार ११ गते भारत विहारको विरपुर आइपुगेको बताउँछन्।
मुसहर्निया गाउँकै सातैन मण्डल उपचारका लागि विरपुर गएका बेला सुर्यनारायणलाई चिने र उनको घरमा खबर गरिदिए । मरेको छोरा जिउँदै रहेको खबरपछि उनकी आमा सोमादेवी गाउँकै थापा साहलाई लिएर विरपुर पुगिन् । २४ वर्षको अवधिमा उनले आमाको नाम र अनुहार विर्सिसकेका थिए । छोरा नै हो वा होइन भनेर ठम्याउन ६५ वर्षीया बृद्धा आमालाई पनि गाह्रो पर्यो । आमालाई राम्ररी ठम्याउन नसकेपनि आशंका गर्दै उनी आमा चढेको टेम्पोमा चढे, त्यसपछि सँगै बसको यात्रा तय गरे ।
बसबाट घर अगाडिको खाँडो खोला आइ पुगेपछि उनले भने–‘यहाँ त म सानोमा गाइबस्तु चराउन आएको थिए ।’ त्यसपछि जब उनी घर पुगे तब उनले आफ्ना साना दुई भाईलाई सम्झे, उनले पहिलेको फुसको घर, घर पछाडिको खेत र कुवा सबैको बेलिबिस्तार लगाए ।
काजक्रिया समेत गरेर मरिसकेको भनिएका आफ्ना छोरा घर फर्कंदा आफूलाई विश्वास गर्नै गाह्रो परेको आमा सोमादेवीले बताइन्। ‘मृत्यु भएको भनेर मृत्यु संस्कार समेत गरिसकिएका छोरा ज्युँदै होलान भनेर कल्पनासम्म पनि गरेको थिइन,’ उनले खुसी साट्दै भनिन्, ‘कान र अनुहारमा रहेको दाग र छोराले पुरानो सबै कुरा भनेपछि पत्याउनै पर्यो।’
उनले छोराको मृत्युको खबरले शोकमा परेका श्रीमान् बेचन साहको मृत्युले पीडा दिएको स्मरण गर्दै छोरालाई पाएपछि परिवारका साथै गाउँमा नै खुसीयाली छाएको बताइन् । गाउँलेहरु रामेश्वर यादव, ओमनारायण साह, बलराम शर्मा, गोपी साह, डम्बर साह, लक्ष्मी साह सबै एकै स्वरमा मरेको भनिएका सुर्यनारायण घर फर्कंदा सारा गाउँनै खुशीमा परेको बताउँछन् ।
सुर्यनारायण, उनका घरपरिवारका सदस्यहरु र गाउँलेहरुको दावी विपरित पक्राउ परेका चलितर भने फर्केर आएका भनिएका सुर्यनारायण आफ्नो भान्जा नरहेको दावी गर्छन्।
प्रहरीले भारतमा लगी बिक्री गर्ने चलितरलाई शुक्रबार पक्राउ गरी मानव बेचविखन अपराधअन्तर्गत आइतबार मुद्दा दर्ता गरेको र थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए।

###
0 comments
Write Down Your Responses