संविधानमा हिन्दू राष्ट्र राख्न नसकिए जनमत संग्रह गरौं : खुमबहादुर खड्का
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, आषाढ २० । नेपाली काँग्रेस नेता खुमबहादुर खड्काले नयाँ संविधानमा धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र राख्न सबै दलको सहभागितामा संघर्ष गर्ने उद्घोष गरेका छन् ।
पार्टीभित्र सनातन हिन्दू राष्ट्र स्थापना महाअभियान सन्चालन गरिरहेका नेता खड्काले राजधानीमा पत्रकार सम्मेलन गरी संविधानमा हिन्दू राष्ट्र राख्न नसकिए जनमत संग्रह गर्न माग गरे ।
सनातन हिन्दू राष्ट्र महाअभियानका संयोजक नेता खड्काले संविधानको प्रस्तावित मस्यौदामा धर्मबाट अलग रहने स्वतन्त्रता हुनेछ भन्ने प्रावधान राखेकामा आपत्ति जनाए ।
काँग्रेसभित्र सुरु भएको महाअभियानमा सबै दलका हिन्दू धर्मवादीलाई समेटेर चाँडै संघर्ष समिति गठन गर्ने तयारी भइरहेको छ ।
महाअभियानले सोमबार नै राजधानीमा भेला गर्दैछ । पत्रकार सम्मेलनमा काँग्रेस सभासद र केन्द्रीय सदस्यहरुको पनि सहभागिता थियो ।

###
0 comments
Write Down Your Responses