खसीको भन्दै बाख्राको मासु बेच्दै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जनकपुरधाम :  जनकपुर नगरक्षेत्रमा मासु व्यावसायीहरुले खसीको भन्दै बाख्राको मासु बेच्ने गरेको खुलेको छ । जिल्ला पशुसेवा कार्यालयले गरेको अनुगमनका क्रममा ५० प्रतिशत बाख्राको मासु बिक्री हुने गरेको भेटिएको हो ।


जिल्ला पशु सेवा कार्यालय धनुषाका अनुसार यहाँका मासु बिक्रेताले खसी भन्दै ५० प्रतिशत बाख्राको मासु बिक्री गर्ने गरेको पाइएको छ ।

खसीको मासु भनेर बाख्राको मासु बिक्री भइरहेको गुनासो आउन थालेपछि शुक्रुबार बिहान जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा शम्भू साहको नेतृत्वको टोलीले नगरक्षेत्रका मासु पसलमा अनुगमन गर्दा दुईवटा पसलमा बाख्राको मासु बिक्री गरेको फेला पारेको छ ।

जनकपुर उपमहानगरपालिका–१ मा रहेको सुलेमान धोवी र सद्दाम दर्जीको मासु पसलमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको फेला पारेको थियो ।

अनुगमन टोलीले दुवै पसलबाट करिब २० हजार मूल्य बराबरको बाख्राको मासु नियन्त्रणमा लिई नष्ट गरेको छ ।

जनकपुर उपमहानगरपालिकाभित्र रहेको माछा बजार, पिराडी चोक, स्टेसन रोड र मिल्स एरिया क्षेत्रका करिब १५ वटा मासु पसलमा अनुगमन गर्दा तीमध्ये दुईवटा पसलमा बाख्राको मासु बिक्री गरेको फेला परेको पशु स्वास्थ्य प्राविधिक चन्देश्वर पाण्डेले बताए।

जिल्ला पशु कार्यालयले गरेको अनुगमनलाई नगरवासीले सकारात्मकरुपमा लिएका छन् । रासस 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z