मानव शरीरका अंगहरुको बनावटबारे पढ्नुस् केही रोचक जानकारी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, आषाढ २४ । हाम्रो प्रत्येक खुट्टामा २६ ओटा हड्डीहरु, ३३ ओटा जोर्नीहरु, र १९ ओटा मांसपेशीहरु हुन्छन् । पैतालाको छाला शरीरका अन्य भागहरुमा भन्दा बढी बाक्लो हुन्छ । पैलालामा १ लाख २५ हजार पसिना ग्रन्थीहरु हुन्छन् । जुन प्रतिवर्ग इन्चको दरले शरीरको अन्य कुनै पनि भागमा हुने पसिनाग्रन्थीहरुभन्दा बढी हो ।
अति नाजुक र सुक्ष्म कामदेखि शक्तिका साथ कुनै पनि वस्तु समात्नेजस्ता सबै कामहरु गर्नेक्रममा हाम्रो हात अत्यन्तै व्यस्त रहन्छ । हाम्रा हातहरु सधैँ गतिमान हुन्छन् । जीवनभरमा हाम्रा हातका जोर्नीहरु २५ मिलियन समयभन्दा बढी मोडिन्छ ।
हाम्रो फोक्सोमा करिब ३ सय मिलियन हावा थैलीहरु हुन्छन् । यिनै हावा थैलीलाई पैmलाउने हो भने करिब १ हजार वर्ग फिट क्षेत्र ढाक्ने गर्छ । फोक्सोमा रहेका यिनै हावा थैलीहरुले नै रगतमा भएको कार्बनडाइअक्साइडलाई छानेर रगतमा शुद्ध अक्सिजन आपूर्ति गर्ने गर्छ ।
हाम्रो मिर्गौलामा २० लाख रगत छान्न्ने जालीहरु हुन्छन् । तिनै जालीहरुको मद्दतमा मिर्गौलाले एक दिनमा कयौं ग्यालन रगतलाई छान्ने र शुद्ध बनाउने कार्य गरिरहेको हुन्छ ।
यस कार्यमा शरीरको ९९ प्रतिशत रगतको प्रशोधन र शुद्ध गर्ने कार्य निरन्तर रुपमा सम्पन्न भइरहेको हुन्छ ।
हाम्रो आँखाको ढकनीको छाला अति नै नरम र गतिशील हुन्छ । यसैकारण हामीले निरन्तर आँखा झिम्काउन सम्भव भएको हो । आँखा झिम्कँदा हाम्रो आँखाको ओसिलोपना कायम रहिरहन्छ । औसत रुपमा हाम्रो आँखाको झिम्काइ ५० देखि १०० मिलिसेकेन्डसम्म कायम रहन्छ ।
आकारको हिसाबमा हाम्रो जिब्रो नै हाम्रो शरीरको सबैभन्दा बलियो मांसपेशी हो भने यो नै एक मात्र त्यस्तो मांसपेशी हो, जुन हाम्रो शरीरमा एकापट्टिबाट मात्रै जोडिएको हुन्छ ।
हाम्रो मुटुको धड्कन मुटुको भल्भ खुल्ने र बन्द हुने क्रियाका कारण उत्पन्न हुन्छ । औसत रुपमा हाम्रो मुटु प्रतिदिन एक लाख पटक धड्कने गर्छ भने एउटा मानिसको मुटु जिन्दगीभर २ दशमलव ५ अर्व पटक धड्कन्छ ।
आँशु किन झर्छ ? यो किन हाम्रो शरीरमा हुन्छ ? आँशुले हामीलाई के फाइदा गर्छ ? यस्ता प्रश्नहरु हामी धेरैको मनमा उठ्न सक्छ । अर्थात् यो हाम्रो जिज्ञासाको विषय पनि हो ।
आँशु हाम्रो शरीरमा हुने नुनिलो तरल पदार्थ हो । हाम्रो आँखालाई कोर्निया नामक एउटा पातलो झिल्लीले घेरेको हुन्छ । आँशुले हाम्रो आँखालाई चिल्लो बनाउन मद्दत गर्छ । जसले कोर्नियालाई जोगाउने काम गर्छ । यसले कोर्नियालाई नियमित रुपमा अक्सिजन र पोषिला तत्वहरु पु¥याउने काम गर्छ ।
आँखामा पोषक तत्वहरु पनि पु¥याउने हुँदा आँशुले हाम्रो देख्ने क्षमतालाई राम्रो पार्न मद्दत पुर्याइरहेको हुन्छ । आँशु उत्पादन गर्ने हाम्रो ग्रन्थी भने हाम्रो आँखा छोप्ने ढकनीको माथिल्लो भागमा रहेको हुन्छ । हरेक पटक हाम्रो आँखा झिम्कँदा त्यहाँबाट आँशु झरेर आँखाभरी छरिने गर्छ ।
यसले हाम्रो आँखालाई ओसिलो बनाउन र आँखा बिजाउने धुलो र अन्य ब्याक्टेरियालाई आँखाबाट हटाउन पनि मद्दत गर्छ । आँशुको ग्रन्थीको सानो ‘डक्ट’ जसलाई ‘न्यासोल्याक्मिर’ल भनिन्छ त्यो हाम्रो आँखाको माथिल्लो र तल्लो ढकनीमा रहेको सानो दुलोसँग जोडिएको हुन्छ । त्यहीँबाट आँशु हाम्रो आँखामा पस्ने गर्छ ।
आँखामा आँशु धेरै मात्रामा जम्मा भयो भने पनि हामी राम्ररी आँखा देख्न सक्दैनौं । त्यस्तो हुन नदिन आँखामा आँशु आएको केही बेरपछि नै त्यो हाम्रो घाँटीमा झर्ने गर्छ र त्यसलाई हामी निल्ने गछौं । यो प्रक्रिया निरन्तर रुपमा चलि नै रहेको हुन्छ । आँशुको केही भाग भने हाम्रो नाकमा पनि आउने गर्छ । त्यसैले कहिलेकाँही रुँदा हाम्रो नाकबाट पनि बग्ने गर्छ ।
हाम्रो आँशुमा शरीरले उत्पादन गर्ने विभिन्न खालको रसायन र हर्मोनहरु हुन्छन् । हामी दुःखी वा खुसी हुँदा हाम्रो मस्तिष्क र शरीरले अरु सामान्य अवस्थाभन्दा धेरै काम गर्न थाल्छ । हाम्रो आँखा निकै संवेदनशील हुने गर्छ । आँशु नहुँदा सुख्खा भएर आँखाको ढकनीसँगको घर्षणले पनि त्यसमा चोट लाग्न सक्छ । आँखालाई त्यस्तो हानीबाट जोगाउन पनि आँशु आउने गर्छ ।
आँखाको ढकनी बन्द हुने र खोल्ने क्रममा आँखाको छेउमा रहेका नशाहरुलाई उत्तेजित बनाउँछ जसले गर्दा हाम्रो आँसुको ग्रन्थीबाट न्यासोल्याक्मिरल डक्ट हुँदै आँखामा आँशु पस्ने गर्छ ।
आँशु आउने प्रक्रिया हाम्रो नियन्त्रणमा हुँदैन । यसलाई हामीले चाहेर पनि कहिल्यै नियन्त्रण गर्न सक्दैनौ । तर, कहिलेकाँही जानीजानी अत्याधिक रुपमा यसको उत्पादन भने गर्न सक्छौं । (एजेन्सी)

###
0 comments
Write Down Your Responses