यस्तो हुँदै छ सालझण्डी तम्घास फास्ट् ट्रयाक अवको रिडी र तान्सेन बन्दै छ खज्र्याङ्ग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्रेम सुनार
गुल्मी, असार–२५ ।  सदरमुकाम तम्घासबट जिपमा साँघुरो बाटो मुस्कीलले छिचोल्दै खज्र्याङ्गमा पुगेर सालझण्डी तम्घास फास्ट् ट्रयाकमा खन्दै गरिएको सडकको चौडाई हेर्दा त्यो सडक नभई खेल मैदान हो कि जस्तो  लाग्छ  ।
  वुटवलबाट पाल्पा हुँदै तम्घास सम्म  ५ घण्टा भन्दा बढि समय लाग्ने गरेकोमा अव उक्त फास्ट् ट्रयाक सम्पन्न भए पछि बढिमा दुई घण्टामा तम्घास आईने बताईएको छ । १ सय ११ किलो मिटर बुटवल तान्सेन तम्घास सडक खण्डको  दुरी रहेकोमा सालझण्डी तम्घास सडक खण्डको दुरी जम्मा ६९ किलो मिटर मात्रै रहेको छ र त्यो सडकको चौडाई  १० मिटर हुने छ ।
   त्यति मात्र होईन उक्त फास्ट् ट्रयाक खज्र्याङ्गबाट चार स्थानमा विभिाजित हुने छ । त्यहाँबाट खज्र्याङ्ग अर्घाखाँची हुँदै सुर्खेत सम्म जाने छ । त्यसका लागि पक्की पुल वाहेक  छ करोड छुट्टाईएको गुल्मी क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारी बताएका  छन् । खज्र्याङ्ग बाट वलेटक्सार हुँदै उल्लीखोला पुराईने छ र त्यसले क्षेत्र नम्वर १ का जनता लाभान्वित हुने छन् । त्यहाँ तर्ने पक्की पुल बनाउने काम सुरु भई सकेको छ । त्यस सडकका लागि १० करोड विनियोजन भएको छ ।
   त्यस्तै खज्र्याङ्ग हुँगा हुँदै सिस्ने जाने छ र त्यसका लागि ६ करोड छुट्टाईएको छ । सिस्नेमा पक्की पुल बन्ने काम समेत सुरु भएको छ । फेरी खज्र्याङ्ग चारपाला हुँदै मजुवा पुराईने छ । अनि सदरमुकाम तम्घासबाट बडागाउँ हुँदै वामीटक्सार जाने छ र त्यहाँबाट वाग्लुङ्गको ढोरपाटन , पोखरा सम्म जोडिने  छ ।   जसले गर्दा अर्घाँखाँची तर्फ खन्न सुरु गरिएको सालझण्डी ढोरपाटन सडक खण्ड भन्दा यो ४० किलो मिटर दुरी कम हुने छ ।
  पाल्पा, स्याङ्गजा, पर्वत , वाग्लुङ्ग, अर्घाखाँची प्युठान र सुर्खेत सम्मका जनता यसै फास्ट् ट्रयाक अन्तर्गत आवत जावत गर्न थाले पछि हाल सम्म बढि चहल पहल देखिएको तान्सेन र रिडी वजार अव खज्र्याङ्ग हुने छ ।  ति चार वटै सडक खण्डको केन्द्र विन्दु  खज्र्याङ्ग हुने र त्यहाँ ठुलो वस पार्क बन्ने बताईएको  छ । अहिले अर्घाखाँचीको पटौती हुँदै खज्र्याङ्ग सम्म २० किलो मिटर सडक खन्ने काम तिब्र गतिमा अगाडी बढेको छ । कुल ६  अर्व ६५ करोडमा बन्ने  सालझण्डी तम्घास फास्ट् ट्रयाक अन्तर्गतका सवै सडक खण्ड ५ वर्ष  भित्रमा पुर्ण रुपमा सम्पन्न हुने  सभासद भण्डारीको भनाई छ ।
   सिद्धवाव लगायत वुटवल तान्सेन तम्घास सडक खण्डमा पटक पटक दुर्घटनाले  कैयौंको ज्यान गई रहेको अवस्थामा यस फास्ट् ट्रयाकले छिटो आवत जावतको सुविधा मात्र नदिएर सुरक्षाको प्रत्याभुति समेत दिने भण्डारीको दावी रहेको छ ।
   ‘पहाडी राजमार्गहरु मध्ये यो फास्ट् ट्रयाक देशकै नमुना सडक हो’– सभासद भण्डारीले भने–‘ यो ऐतिहाँसिक काम  हो,  यसमा सवै गुल्मेलीले गर्व गर्नु पर्दछ । ’ उनले त्यस फास्ट् ट्रयाकलाई सवै गुल्मेलीहरुको गर्वको विषय  भने पनि साविकको सहायक राजमार्ग रिडी, वलेटक्सार गौडाकोट लगायत डाँडा लाईनका जनताले विरोध जनाउँदै आएका छन् ।
यहाँ सम्मकी सदरमुकाम नजिकैको सिमिचौरका वासीन्दाले चर्को विरोध गरेर सडक खन्न अवरुद्ध गरेका छन । उनिहरुले ‘हाम्लाई बाटो चाँहिदैन, हाम्रो वास उठाउन पाईदैन...’ जस्ता चर्का नारावाजी लगाउँदै जिल्ला विकास समिति अगाडी धर्ना समेत दिई सकेका छन् ।
   १० किलो  मिटर चौडा सडक खन्दा सिमिचौरमा थुप्रैको घरवास उठ्ने भए पछि विरोधमा उत्रिएको आन्दोलनकारीले बताएका छन् । अतः त्यहाँका जनताको चर्को विरोधलाई ध्यानकृष्ट गराउँदै  उनै सभासद चन्द्र भण्डारी संग रेडियो कुराकानी गदै हुनुहुन्छ सहकर्मी प्रेम सुनार
साथमा फोटो फिचरः  यति फराकीलो बन्दै छ सालझण्डी तम्घास फास्ट् ट्रयाक


###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z