मधेशी मोर्चाको आन्दोलन घोषणा । २९ गते काठमाडौंमा विरोध जुलुस
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ, असार २५ - असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार मोर्चाका चार दलले गरेको घोषणामा सार्वजनिक स्थानमा कालो झन्डा गाड्नेदेखि राजधानीमा विरोध जुलुस र विभिन्न सहरमा विरोध सभाहरुका कार्यक्रम छन् ।

समाजवादी संघीय फोरम, सद्भावना पार्टी, तमलोपा र तमसपाले संयुक्त रुपमा आन्दोलन गर्न लागेका हुन् । चार ठूला दलबीच भएको १६ बुँदे सहमति र संविधानको मस्यौदा दुवैको विरोध गरिरहेका यी दलले असार २७ गते सार्वजनिक स्थानहरुमा कालो झन्डा गाड्ने छन् भने २९ गते काठमाडौंमा विरोध जुलुस गर्ने बताएका छन् ।

साउन १ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र कोणसभा गर्नेछन् भने साउन ५, ६, ७ र ८ गते क्रमश: विराटनगर, जनकपुर, वीरगञ्ज र भैरहवामा विरोधसभा गर्ने घोषणामा उल्लेख छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z