‘अक्सिन दिएको बिरामी हो भन्दाभन्दै कञ्चटमा ढुंगा हाने’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :विराटनगरको विराटनगर सिटी अस्पतालमा उपचाररत विक र छेउमै उभिएकी उनकी पत्नी गीता ।तस्बिर ः कुमार लुइँटेल
(एम्बुलेन्स को१च ४६१५चालक)
विराटनगर : मेरो घर विराटनगर ११ हो । शनिबार दिउँसो विराटनगरको गोल्डेन अस्पतालबाट रेफर भएका बिरामी लिएर धरानतर्फ लागें । बिरामीका आफन्त पनि साथै थिए । बिरामीको अवस्था गम्भीर भएकोले नाकमा अक्सिन मास्क लगाउन नर्सलाई मैले पनि सहयोग गरेको थिए।
हामी दिउँसो गोल्डेन अस्पतालबाट विराटनगर अस्पताल मोड हुँदै धरानका लागि हिंडेका थियौं । गाडीमा संखुवसभाका बिरामी शरध्वन तामाङ थिए । उनको अवस्था निकै गम्भीर थियो । उनलाई श्वास लिन पनि निकै कठिन भएकोले अक्सिन मास्क लगाइएको थियो ।
दुहबीको बुढीखोला पुल कटेपछि गाडी स्लो गरें । नारावाजी गरेको सुनिन्थ्यो । तीस चालिस जना सडकमा ढुङ्गामुढा गर्दै उफ्रि रहेका थिए । एम्बुलेन्स देख्नासाथ केही युवा अगाडि बढे । मैले सिकिस्त बिरामी छन् ।
विराटनगरमा उपचार हुन नसकेपछि धरान पठाएको हो भनें । तर, मेरो कुरा सुन्नै नपाईं ‘किन यो बाटो भएर आएको’ भन्दै ढुंगा, रड र लाठी बर्साउन थाले । मेरो गालामा केही तातो वस्तु बगेको जस्तो महशुस भयो । रगत रहेछ । लुगा लपक्कै भिजेको थिए । पछाडि बिरामी र आफन्त रोई रहेका थिए ।
‘नहान्नु होस, बरु गाडीबाट उत्रिन्छौं’ भन्दा पनि सुनेन् एकोहोरो ढुंगा बर्साई रहे । मेरो दाहिने कञ्चटमै ताकेर ढुंगाले हानेका थिए । एकक्षण त चोट सहन नसकेर भाउन्न छुट्यो । लँडुला झैं भएछु । त्यसपछि रुमालले कञ्चट थिंचे । त्यति गर्दा पनि नारावाजी र आक्रमण गरिरहे । ‘हामीलाई छाडि दिनुहोस भनेर बिरामी पनि कराएको पनि सुने ।’ मलाई त अब मरियो बाँचिदैन होला भन्ने लागेको थियो ।
एम्बुलेन्समा आक्रमण भएको देखेर तुरुन्तै प्रहरी आई हाल्यो । आन्दोलनकारी लखेट्न थालेपछि प्रहरीसँग पनि झडप हुन लागेको थियो । एक्कासि गोलीको आवाज आएपछि आन्दोलनकारी हच्किएर भागे । त्यहाँ भागाभाग र दौडादौड भएको थियो । पछि प्रहरीले उद्दार गरेर उपचारका लागि मलाई विराटनगर पठाई दिए । अहिले मैले एम्बुलेन्स चलाउने विराटसिटी अस्पतालमै उपचार गराई रहेको छु ।
डाक्टरले दायाँ कन्चटमा अढाई इन्च गहिरो घाउ लागेको छ भन्दै सिलाई गरिदिनु भयो । टाउकोमा पनि चोट लागेकोले सिटी स्क्यान गरेर हेर्ने भन्नु भएको छ । श्रीमति गीता आएदेखि रोई रहेकी छिन् । मेरा ३ भाई छोरा र एक बहिनी छोरी छन् । उनीहरुको भरणपोषण मैले नै गर्छु । मलाई केही भयो भने त यिनीहरुको बिजोग नै हुन्छ ।
मोरङको कटहरीमा शुक्रबार सहकर्मीमाथि बन्दकर्ताले एम्बुलेन्सभित्र रहेकै अवस्थामा भएको आक्रमणको विरोध गर्दै ध्यानाकर्षण गराउन जिल्ला प्रशासन गईएको थियो आज आफैं आक्रमणमा परियो । सरकारले हामीले गरिखाने वातावरण बनाउन सकेन् ।

###
0 comments
Write Down Your Responses