हात हातमा राष्ट्रिय झण्डा बोकेर उपप्रधानमन्त्री गच्छदारको क्षेत्रमा प्रदर्शन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
झापा, मोरङ र सुनसरीलाई टुक्रयाउन नदिन सुनसरीका दुहवीमा र्याली प्रदर्शन गर्दै।
इटहरी–झापा, मोरङ र सुनसरीलाई २ नम्बर प्रदेशमा गाभ्ने षडयन्त्र भएको भन्दैं उपप्रधानमन्त्री बिजयकुमार गच्छदारको निर्वाचन क्षेत्र सुनसरी दुहवीमा आज प्रदर्शन भएको छ।
गाउँ गाउँबाट हात हातमा राष्ट्रिय झण्डा बोकेर आएका स्थानीय बासिन्दाले सुनसरीका दुहवी बजार परिक्रमा गरे। सहभागीले सुनसरीलाई कुनै टुक्रयाउन नदिन नाराबाजी गरे। सो क्रममा मधेसी मोर्चाका कार्यकर्ताले जुलुसमा सहभागीलाई गुलेलीले तोकेर हान्दा केहीबेर स्थिति तनाबग्रस्त बन्यो। प्रहरीले केही राउण्ड हवाई फायर गरि मधेसी मोर्चाका कार्यकर्तालाई लेखेटेको थियो। सोही बेला मधेसी मोर्चाका कार्यकर्ताले बिरामी बोकेको को १ च ४६१५ नम्बरको एम्बुलेन्स तोडफोड गरेको प्रहरीले जनाएको छ।
एम्बुलेन्स तोडफोड गर्दा चालक आनन्द बिक घाइते भएका छन् । उनको दाहिने आँखामा चोट लागेको छ। उनको उपचार विराटनगरमा भइरहेको छ। संखुवासभाका सारध्वज तामाङलाई उपचारका लागि लादा एम्बुलेन्स तोडफोड गरिएको थियो। प्रहरीले तत्काल तामाङ्लाई पनि अर्कै एम्बुलेन्समार्फत उपचारका लागि पठाएको जानकारी दिइयो । नागरिक समाजको अगुवाईमा पूर्वका तीन जिल्ला टुक्रयाउन नदिन दबाबका लागि आजदेखि चरणबद्ध कार्यक्रम थालिएको हो।

###
0 comments
Write Down Your Responses