सिक्किमका रिम्पोचेले सम्झिए राजा वीरेन्द्रलाई
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
'सर हामीली क्यामेरा लग्नुपर्ने। यसको लागि पर्मिट कता लिने?', काँकडभिट्टामा हामीले नेपालतर्फको सरकारी कार्यालयमा सोधेपछि त्यहाँका कर्मचारीले घरि कता घरि कता पठाए। अन्तिममा उनीहरूले अहिले त्यो काम नै नहुने र पारि नै हुन्छ भने।
मेची पुल तरेर पारि पुगेपछि भारततर्फका कार्यालयमा सोध्दा नेपालकै भन्सार कार्यालयले यो दिने हो भनी नेपाल सरकारको निशाना छाप रहेको फर्म देखाए। तर, हाम्रो क्यामेरा पुरानो भएकाले समस्या नहुने भएपछि हामी सिलगुडीको रोडमा गुड्न थाल्यौं। सडकमा मालवाहक सवारीको लामो लस्कर थियो। भारतको अघोषित नाकाबन्दीले घाममा स्याक्पा सुकाइ भएका ती सवारीका टायर ठसठसी गन्हाइरहेका थिए। त्यसकारण बोर्डर सिल गरिएको समाचार पुलपारि नै सुनेका थियौं। तर, हामीलाई लिन सिक्किमबाटै गाडी आइपुगेकाले त्यो समस्यामा हामी फसेनौं।
भर्खरै जारी भएको नयाँ संविधान र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण नेपालको राजनीतिक गर्मी उच्च थियो। भारतमा भने बजार क्षेत्रमा मेयरको चुनाव भइरहेको थियो। निर्वाचन प्रचारका लागि सडक किनारामा बंगाली अक्षर कुँदिएका ठूलाठूला बोर्डहरू राखिएका थिए।
हँसिया, हथौडा र तारा अंकित चुनाव चिह्न देखेर मैले गाडीको ड्राइभरलाई सोधेँ, ‘यो कुनै कम्युनिस्ट पार्टीको चिह्न हो?' उनले यसबारे थाहा नपाएको बताए। एकछिनपछि उनले सोधे, 'साँच्चि नेपालमा माओवादी छ नि ! आतंककारी हैन त्यो त?' मैले छोटो जवाफ दिएँ, 'होइन। समानता चाहने पार्टी हो।'
...
टिष्टा नदीको किनारैकिनार जंगलको बाटो लागेपछि हामीलाई शीतल महसुस भयो। ड्राइभरले दार्जिलिङ, भुटानतिर जाने बाटो चिनाइरहेका थिए।
सिक्किमवासीलाई तराई क्षेत्रको परिकारले आकर्षित नगर्ने हुनाले हामीलाई रिसिभ गर्न आएका लामा र ड्राइभर दिनभरि भोकै थिए । वेस्ट बंगालको किर्नीमा पुगेर उनीहरू साँझ ५ बजे खाना खाए।
...
वेस्ट बंगाल र सिक्किमको सिमाना रंगपो पुग्दा झमक्क साँझ परिसकेको थियो। हामीले त्यहाँ सिक्किमका बस्नका लागि पाँच दिनको पर्मिट लियौं।
जति माथि चढ्यो, त्यति ठन्डी महसुस हुन थाल्यो। रातको ८ बजे रुम्तेक पुग्दा चिसो झन् बढी महसुस भयो। सिक्किम जानुअघि साथी प्रियता मोक्तानले सिक्किमबारे सुझाएकी थिइन्। ठन्डीबाट बच्न प्रियताले सुझाएजस्तै हामीले कपडा बोकेका थियौं।
...
पहाडमा जन्मी हुर्केकालाई सिक्किमको भूगोल नौलो होइन रहेछ। तर, भौतिक विकासका हिसाबले भने ‘यस्तो पहाडमा पनि सहर !' भन्ने पाठ सिकाउँछ।रुम्तेकको कर्मे सेडुप छ्योखोर्लिङ गुम्बा विश्वमै प्रसिद्ध गुम्बा हो।
बिहान ब्यूँझदा हामीलाई अनौठो के थियो भने नेपालका गुम्बा परिसरमा हातहतियार निषेध भए पनि रुम्तेकमा भने सशस्त्र सेनाको एक टुकडी नै खटिएका थिए। गुम्बावरिपरि भने तिब्बतियनहरूको बस्ती नै छ।
स्वादिलो बिफ चिल्ली
रुम्तेकमा धेरैजसो कि त भुटानी कि त तिब्बतियन परिकार पाइने रहेछ। हामीलाई भने त्यहाँको बिफ चिल्ली निकै स्वादिलो परिकार लाग्यो। तर, सिक्किममा पनि गाईगोरुको मासु खुला रूपमा बेचबिखन गर्न सरकारले अनुमति दिएको रहेनछ।
नरेन्द्र मोदीको हिन्दुवादी छविको विरोध भने गोप्य रूपमा सिक्किमका नागरिकले गरिरहेका छन्। बिफ आइटमका साथमा हामीलाई नाकिमा (जंगलमा पाइने एक प्रकारको फूल)को अचार पनि हामीले नबिर्सने परिकारमध्ये हो।
दयाहाङको फिल्म ओके लागिदिन्छ
ग्यान्तोक घुमेर फर्कंदा नेपाली कला, साहित्य र संगीतबारे केही कुरा भए। ट्याक्सीमा चढ्दा शम्भु राईको ‘चलेछ बतास सुस्तरी...' गीत बजिरहेको थियो।
त्यो सुनेर सुरजले सोध्यो, 'यहाँ पुराना नेपाली गीत बज्दो रहेछ हगि ! नेपाली कलाकार मन पर्छ हो?' ट्याक्सीचालक भगीरथ राईले भने, 'अन्त अहो, यहाँ पुराना गीत सुनिन्छ नि हो।
शम्भुमात्रै होइन, हामी कुन्ती मोक्तान, नारायणगोपाल, गोपाल योञ्जनहरूका गीत सुन्छौं नि। अनि नयाँ गायिका नि त मेलिना राई, हो उसको गीत पनि सुन्छौं।' भगीरथ साहित्य संगीतमा रुचि राख्दा रहेछन्।
उनले नेपाली फिल्मको कुरा पनि गर्न भ्याए, 'अन्त नेपाली जग्गाको हिरो दयाहाङ राई छ नि ! हो हामीलाई उसको फिल्म ओके लागिदिन्छ। उहिलेका बूढाहरू फिल्म भन्यो कि लाप्पामात्रै खेल्थे।
दयाहाङको डायलग्स सिम्पल हुन्छन्, तर छ्वाम्मै छिनाउने खालको हुन्छ। हामीलाई यस्तो ओके लागिदिन्छ।' यसै मेसोमा सुरजले फेरि सोध्यो, ‘अनि नेपालीहरू आउँदा कस्तो लाग्छ ?' भगीरथले जवाफ दिए, 'अन्त हो डल्लै पाहुनाजस्तो लागिदिन्छ नि !'
भगीरथ चाम्लिङ राई रहेछन्। उनलाई आफ्नो भाषा बोल्न आउँदैन। तर, चासो रहेछ। भाषाका लागि केही काम गरिरहेका पनि छन्। तर, यस्तो काम सिक्किममा गोप्य रूपले गर्नुपर्ने दुखेसो गरे।
...
नेपालको राजनीति कस्तो छ ?
हामी सिक्किम पुगेको केही दिनअघि मात्रै नेपालको नयाँ संविधान जारी भएको थियो। लगत्तै भारतले लगाएको नाकाबन्दीले काठमाडौं व्याकुल बनेको कुरा त्यहाँका गुरु गोसिर ग्याल्छब रिम्पोचेलाई पनि थाहा थियो।
एक बिहान रिम्पोचेको दर्शन गर्ने समय त्यहीँ गुम्बामा अध्ययनरत लामाहरू कर्म रिग्जिनले मिलाइदिएका थिए। दर्शन गरेपछि गुरु हामीसँग केही मिनेट गफिए।
हामी नेपालबाट आएको भन्ने थाहा पाएपछि ‘नेपालको राजनीति कस्तो छ त ?' हामीले जवाफमा 'भर्खर संविधान जारी भो। त्यसको विरोध र समर्थन उत्तिकै छ। अरू खास परिघटना छैनन्' भन्यौं। त्यसपछि गुरुले 'संविधान बनेपछि अब राम्रो होला। तपाईंहरूलाई शुभकामना छ' भने।
एकछिनपछि उनले राजा वीरेन्द्रलाई सम्झिए, ‘साँच्चि वीरेन्द्र राजाको हत्या कहिले पो भएको हो? त्यो राजा राम्रो थियो।' हामीले वीरेन्द्रको हत्या भएको मिति बतायौं, ‘२०५८ साल जेठ १९ गते।'
विश्वभरका भिक्षुहरूको वाङ
रुम्तेक गुम्बामा विश्वभरका भिक्षु-भिक्षुणी भेला हुँदा रहेछन्। हामी रुम्तेक पुग्दा महायान, कक्युद सर्ञिङ सम्प्रदायको मूल अभिषेक (वाङ) प्रवचन भइरहेका थिए। ती मन्त्रहरू गुरुबाट मात्रै हस्तान्तरण गर्न मिल्ने विश्वास यस सम्प्रदायमा रहेको छ।
वाङमा बाह्रौं गोसिर ग्याल्छब रिम्पोचेको प्रवचन सुन्न नेपाल, भुटान, रोमानियालगायतका देशबाट भिक्षु-भिक्षुणीहरू आएका थिए। १७ दिनसम्म चलेको विशाल वाङ रुम्तेकमा १५ वर्षपछि भएको थियो।
...
पाँच दिन रुम्तेकको बसाइपछि हामी नेपाल फर्कियौं। फर्कने बेला लामाहरूले गुम्बाका तर्फबाट थांकालगायतका उपहार प्रदान गरे।
पाँच घन्टाको यात्रापछि हामी मेची पुल तरेर नेपाल आइपुग्दा हामीलाई खुसीको अनौठो अनुभव भयो। काँकडभिट्टा आइपुगेपछि तेलको कालोबजारी भइरहेको देखेर अघिको खुसी हराएर कतै बेपत्ता भयो।

###
0 comments
Write Down Your Responses