राष्ट्रस‍ंघले फेरि भन्यो-नेपाली सीमाको अवरोध तत्काल हटाउ/औषधिको गाडी र एम्बुलेन्समा आक्रमणबारे चासो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
औषधिको गाडी र एम्बुलेन्समा आक्रमणबारे चासो
काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपाली सीमामा भारततर्फबाट भइरहेको अवरोध हटाउन फेरि आग्रह गरेका छन् ।


भारततर्फको ने‌पाली सीमामा जारी अवरोधले नेपालमा गम्भीर मानवीय संकट आएको जनाउँदै महासचिव मुनले त्यसलार्इ तत्काल हटाउन सम्वन्धित सबै पक्षसँग शुक्रबार आग्रह गरेका हुन् ।

नेपाली सीमा जारी अवरोधप्रति चिन्ता व्यक्त गर्दै महासचिव वानले तत्काल अवरोध हटाइ अत्यावश्यक सामान आपूर्ति नियमित गर्न आग्रह गरेका उनका प्रवक्ता स्टिफन डुजारिकले जानकारी दिएका छन् ।

राष्ट्र संघको मूख्यालय न्युयोर्कमा शुक्रबार राति महासचिव मुनका तर्फबाट पत्रकार सम्मेलन गर्दै प्रवक्ता डुजारिकले नेपाली सीमामा जारी अवरोधले औषधिसहितका अत्यावश्यक सामग्री आपूर्ति रोकिएकोमा महासचिव वानले चिन्ता जनाएका जनाएका छन् ।

'महासचिव वानले औषधिजस्तो अत्यावश्यक बस्तु आयातमा भएको अवरोधले मानवीय सहायता र उपचारमा प्रभावित भएकोमा चिन्ता जनाउनुभएको छ', डुजारिकले भनेका छन्, 'मधेसी मोर्चाले बिहीबार औषधि बोकेको गाडी र एम्बुलेन्समा गरिएको आक्रमणप्रति पनि चासो जनाउनु भएको छ ।'

महासचिव वानले संवादबाट समाधान खोज्न सबै पक्षसँग आग्रह गरेका डुजारिकले बताएका छन् । महासचिव वानले लचकता अपनाएर वार्ताबाट समस्याको समाधान खोज्न पनि आग्रह गरेका छन् ।

प्रवक्ता डुजारिकाका अनुसार महासचिव वानले राष्ट्रसंघ नेपालमा समावेशीता र शान्ति सुरक्षासहितको प्रजातान्त्रिक व्यवस्थापको पक्षमा सदैव सहयोग गर्न तयार रहेको पनि प्रतिवद्धता जनाएका छन् ।

भारतले नेपालमाथि लगाएको नाकाबन्दीबारे राष्ट्र संघले सार्वजनिक वक्तब्य निकालेको यो दोस्रो पटक हो । यसअघि कात्तिक २५ गते नेपालको नाकाबन्दी हटाउन मुनले भारतलार्इ आग्रह गरेका थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z