पहाडी शासकले मधेसी जनतासित क्षमायाचना गर्नुपर्छ : कृषिमन्त्री गजुरेल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मंसिर ८, २०७२- प्रदेश सीमांकनका विषयमा एकिकृत माओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदूत रणजित रायबीच सोमबार साझ छलफल भएको एमाओवादीका नेता एवं कृषीमन्त्री हरिबोल गजुरेलले खुलासा गरेका छन् ।
‘सीमांकनका विषयमा मधेसमा आन्दोलन चर्किरहेको र नेपालको समस्या नेपालीले नै समाधान गर्ने भावनाकाबीच एमाओवादी अध्यक्ष प्रचण्ड र राजदूत रायबीच सोमबार सीमांकनका विषयमा छलफल भएको हो,’ उनले भने । विराटनगरमा मंगलबार संचारकर्मीसित कुरा गर्दै कृषीमन्त्री गजुरेलले एमाओवादी अध्यक्ष प्रचण्ड र रेबीच हिजो भेटवार्ता भएको जानकारी दिँदै सीमांकनको विषयमा केन्द्रित रहेको जानकारी दिए ।
मन्त्री गजुरेलका अनुसार छलफलमा भारतीय भनाईले सकारात्मक संकेत देखिएको छ । यद्यपि सीमांकनका विषयमा थप के छलफल भयो र के सकारात्मक संकेत देखियो भन्ने कुरा गजुरेलले बताएनन् । मन्त्री गजुरेलले एमाओवादी अध्यक्ष प्रचण्ड र राजदूत रेबीचको छलफल पछि राजदूत रेले भारत सरकारसित छलफल गर्ने समय मागेको समेत जानकारी दिए । नेपालको सिमांकनको विषयमा भारतीय राजदुतसित किन छलफल गनुपर्यो भनी संचारकर्मीको प्रश्नमा मन्त्री गजुरेलले भने, ‘सबै कुरा जोडिएका छन्– नाकाबन्दी , आन्दोलन, सिमांकन । त्यसकारण छलफल नगर्ने कुरा छैन् ।’
मधेसीसित माफी माग्नुपर्छ
एमाओवादी कोषाध्यक्ष समेत रहेका कृषीमन्त्री गजुरेलले पहाडी शासकवर्गले आत्मआलोचना गर्दै मधेसी जनतासित क्षमायाचना गर्नुपर्ने बताएका छन् । उनले ईतिहासदेखि नै मधेसी जनतामाथी शोषण, दमन र विभेद गरिएकाले आत्मआलोचना सहित पहाडी शासकवर्गले क्षमायाचना गर्नुपर्ने बताए । उनले भने, ‘इतिहासदेखि नै मधसीलाई धेरै हेपे, अपहेलित गरे, उपेक्षा गरे त्यसको परिणाम हो अहिलेको मधेस आन्दोलन अब शासकवर्गले आत्मआलोचना गरी क्षमायाचना गर्नुपर्छ ।’
प्रचण्डलाई कमजोर पार्न बाबुराम बाहिरिए
गजुरेलले एमाओवादी शक्तिशाली हुँदा अध्यक्ष प्रचण्ड शक्तिशाली हुने देखेर बाबुराम भट्टराई पार्टीबाट बाहिरिएको बताए । उनले भने, ‘प्रचण्ड शक्तिशाली भएको बाबुरामजीलाई पचेन त्यही भएर बाहिरिनुभयो ।’ भट्टराईको बर्हिगमनले पार्टीमा धक्का लागेको बताउँदै उनले भने, ‘भुकम्प आउँदा धक्का लाग्छ, चिरा पर्छ तैपनी मानिस त्यही घरमा बसिरहेका छन् । अब हामीले पार्टीलाई नयाँ ढंगबाट अगाडी बढाउनुपर्छ ।’
उनले आगामी केन्द्रित समितिको बैठक एकिकृत माओवादीका लागि टर्निङ प्वाइन्ट हुने बताए । ‘०५१ सालको चितवन बैठकले जनयुद्धमा जाने निर्णय सहित एउटा टर्निङ लियो । ०६२ सालको चुनवाङ बैठक अर्को टर्निङ थियो । त्यस्तै अब हुने केन्द्रिय समितिको बैठक पनि एमाओवादीको टर्निङ प्वाइन्ट हुनेछ,’ गजुरेलले भने ।

###
0 comments
Write Down Your Responses