मधेसी मोर्चाको कार्यक्रममा स्थानीयको अवरोध, आमसभा स्थलमा आगजनी (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
इटहरी, मंसिर ११ । संयुक्त मधेसी मोर्चाले सुनसरीको इटहरीमा आज गर्ने भनिएको आमसभालाई स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।
इटहरीको पश्चिम लाईनमा मोर्चाले कार्यक्रम गर्न बनाएको मञ्च सयौंको संख्यामा भेला भएका स्थानीय बासिन्दाले पेट्रोल छर्किएर आगो लगाएका छन् ।
नेपालको राष्ट्रिय अस्मितामाथि धावा बोलेर भारत परस्त भएका मोर्चाका जुनसुकै कार्यकर्तालाई इटहरीमा प्रवेश गर्न नदिने भन्दै स्थानीय बासिन्दाले मोर्चाको कार्यक्रम बिथोल्न मञ्च जलाएको बताए ।
इटहरीमा आज संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो ।
स्थानीय बासिन्दाले मोर्चाको कार्यक्रम बिथोली मञ्चमा आगजनी र तोडफोड गरेपछि इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीको नेतृत्वमा घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
पश्चिम लाइन क्षेत्रमा अहिले पनि मधेसी मोर्चाका दुई–तीन सय कार्यकर्ता उपस्थित छन् । यद्यपी सो क्षेत्रमा आमसभा बिथोल्न भेला भएका स्थानीयको संख्या बढी देखिन्छ ।
स्थिती नियन्त्रण बाहिर जान नदिनका लागि सुरक्षाकर्मीको उपस्थिती बढाइएको छ । सशस्त्र र नेपाल प्रहरीले सभास्थल घेरिरहेका छन् ।
मोर्चाका केन्द्रीयस्तरका नेताहरु भने आइपुगेका छैनन् ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z