मधेसवादी दलको माग दुनियाँ हँसाउने र मुलुक असफल पार्ने'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
इटहरी : नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेसवादी मोर्चाको माग केवल देशलाई असफल पार्ने र दुनियाँलाई हँसाएर नेपालीलाई कष्टमा डुबाउनेबाहेक अरु केही नभएको दाबी गरेका छन् ।
नेता नेपालले इटहरीस्थित आज सञ्चारकर्मीहरुसँगको भेटमा त्यस्तो धारणा राख्दै तराईवासीलाई उनीहरुले भनेभन्दा धेरै अधिकार संविधानले प्रत्याभूत गरिसकेको विषयलाई अझै मधेसवादी दलहरुले यथार्थ जनतासम्म पुर्याउन नचाहेको पनि स्पष्ट पारेका छन् ।
बिहीबार साँझ इटहरीमा आइपुग्नुभएका वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेसमा लामो समयदेखि बस्दै आएका नेपाली जनतालाई समृद्ध बनाउने विषयमा सत्तामा बस्दा चाहिँ उनीहरुले किन योजना अघि सार्दैनन् त ? भनेर प्रश्न पनि गरेका छन् ।
वरिष्ठ नेता नेपालले कसैप्रति सङ्केत नगरी कसैको उक्साहटमा गरिएको मधेस आन्दोलन र मधेसवासीको अधिकारका लागि भनिएको यो आन्दोलन सीमित व्यक्तिको स्वार्थसँग गाँसिएको विषयमा मधेसवासी आमनेपाली जनतालाई बुझाउन जरुरी रहेको पनि औँल्याएका छन् ।
मधेसका वास्तविक नेपाली जनतालाई दास बनाउने कार्यमा मधेसवादी दलका नेताहरुले नै लामो समयदेखि प्रयत्न गरेको र उनीहरुलाई माथि उठ्नसमेत नदिने प्रपञ्चमा मधेसवादी नेताहरु नै रहँदै आएको तथा त्यस क्षेत्रमा कुनै पनि हिसाबले राज्यले विभेद नगरेको पनि नेता नेपालले तर्क गरे ।
कुराकानीका क्रममा उहाँले नयाँ संविधान मधेसमैत्री भएको दाबी गरे । तर मधेसवादी दलले मधेसका जनतामा संविधान विरोधी भ्रम फैलाएको उहाँले बताउनुभयो । त्यो भ्रमलाई चिर्न राजनीतिक दलले नसकेको भने उनले स्वीकार गरे ।
तराई मधेसमा जारी आन्दोलनलाई वार्ताकै माध्यमबाट समाधान गरिनुपर्ने वरिष्ठ नेता नेपालको जोड छ । संविधानमा केही शब्द समेट्दा वा थप्दा मधेसवादी दलहरुलाई चित्त बुझ्छ भने समेट्न सकिन्छ तर अशान्ति र अराजकता भने उनीहरुले त्याग्नुपर्ने वरिष्ठ नेता नेपालले बताए ।
सुनसरी र मोरङलाई टुक्र्याएर २ नं प्रदेशमा मिसाउने कुरामा एमालेको समर्थन नरहने उनले प्रष्ट पारे । 'यहाँका जनता २ नं प्रदेशमा जान चाहँदैनन्', उनले भने, 'एमाले जनताको भावना विपरीत जाँदैन र कहिल्यै गएको पनि छैन ।'
सीमाङ्कनको विषय सङ्घीय आयोगमार्फत समाधान गर्न सकिने उनको भनाइ छ । त्यसमा असहमत हुने हो भने दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्न उनले मधेसवादी दलहरुलाई चुनौती पनि दिए । उनी पार्टी सङ्गठनका लागि पूर्वी नेपालको भ्रमणमा निक्लेका हुन् । रासस

###
0 comments
Write Down Your Responses