भारतीय समाचार च्यानल फेरि बन्द
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काडमाडौं—नेपालका केबुल अपरेटरहरुले सबै भारतीय समाचार च्यानलहरुको प्रसारण आइतबारदेखि बन्द गरेका छन्। असहज परिस्थितिका कारण भारतीय च्यानल बन्द गर्नुपरेको अपरेटरहरुले उल्लेख गरेका छन्।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले हिन्दी च्यानल र हिन्दी फिल्ममाथि रोक लगाउने घोषणाका साथ आइतबार नेपाल बन्दको आह्वान गरेपछि केबल अपरेटरहरुले हिन्दी समाचार च्यानल बन्द गरेका हुन्। मनोरञ्जनात्मक च्यानल भने बन्द गरिएका छैनन्।
केबुल टिभी व्यवसायी महासंघले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा हिन्दी च्यानल बन्द गर्नुको कारण खुलाएका छैन।
भारतले नेपालमाथि नाकाबन्दी गरेपछि हिन्दी च्यानल बन्द गरिएको यो दोस्रो पटक हो। यसअघि कोइराला सरकारकै पालामा विप्लव माओवादीले हिन्दी च्यानल बन्द गराउने अभियान थालेपछि केबुल व्यवसायीले त्यसमा समर्थन जनाउँदै हिन्दी च्यानलहरु बन्द गराएका थिए।
तत्कालीन सञ्चारमन्त्री मिनेन्द्र रिजालले हिन्दी च्यानल तत्काल खुलाउन केबुल टिभी अपरेटरहरुलाई चेतावनीयुक्त पत्र पठाएपछि हिन्दी च्यानल सञ्चालनमा आएका थिए।

###
0 comments
Write Down Your Responses