“जनताका लागि राजनीति गरेको हो भने अडान छाडौं” : प्रम ओली
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, १४ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्ना अडान छाडेर देश र जनताको भलाइका पक्षमा सोच्न दलहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा प्रधानमन्त्री ओलीले आफूहरुले जनताको हितका लागि राजनीति गरेकाले जनता नै समस्यामा पर्ने काम नग्रह आग्रह गरे ।
उनले सबैले आ–आफ्ना अडान छोडेर देशलाई तत्काल निकास दिन तयार हुनु पनेएरुमा जोड दिए । तराई मधेसमा जारी लामो समयदेखीको आन्दोलनले जनताले दुख पाएको भन्दै उनले अब सबैले आआफ्नो ठाउँबाट जनताका पक्ष्गमा सोच्ने समय आएको बताए ।
प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दलहरुलाई आन्दोलन छोडेर सहमतिय राजनीतिमा आउन आग्रह गरे । उनले आन्दोलनले जनताको दैनिकी कष्टकर बन्दै गएको भन्दै आन्दोलनरत पक्षलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे । भूकम्पले अस्तव्यस्त बनेको अवस्थामा आन्दोलनले जनतालाई थप मारमा पारेको भन्दै तत्काल आन्दोलन छोडर फर्किन भने ।
समस्या समाधानका लागि तयार रहेको भन्दै ओलीले आँफु मधेस बिरोधी नभएको स्पष्ट पार्दै जायज माग संबोधन गर्न सकिने दोहोर्याएका थिए । यता, बैठकमा मधेसी मोर्चाका नेताहरुले सरकारले दमन गरेको भन्दै सरकारको आलोचना गरे । आँफुहरुको शान्तिपूर्ण आन्दोलनमा दमन गर्दै हिम्सात्मक बनाउने प्रयास गरेको मोर्चाका नेताहरुको आरोप लगाए ।
यसैबीच, बैठकमा नेकापा एमाले नेता माधवकुमार नेपालले ७ प्रदेशको अहिलेको सीमांकन स्थगनको प्रस्ताव गरेका छन् । सीमांकनको विवादमा केही नेता बस्दैमा सहमति नजुट्ने भन्दै उनले यसलाई स्थगन गरेर नयाँ ढंगले राजनीतिक र विज्ञको तहबाट टुंगो लगाउने गरी अरु विषयमा संविधान संशोधन गरेर आन्दोलनलाई निकास दिन उनले प्रस्तव गरे ।
नेपालको यो नयाँ प्रस्तावबारे पनि खासै छलफल हुन सकेन । बैठकमा मधेसी मोर्चाले उठाउँदै आएको सीमांकनबारे ठोस छलफल भएन । मधेस केन्द्रित दलका शीर्ष नेताहरु बैठकमा सहभागि नभएका कारण सीमांकनका विषयमा छलफलल हुन नसकेको हो ।

###
0 comments
Write Down Your Responses