बन्दको प्रतिकारमा उत्रन आग्रह
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाठौँ-बन्द, हडताल र नाकाबन्दीले निम्त्याएको समस्या समाधान खोज्न नागरिक समाज, मानवअधिकारकर्मी र बौद्धिक वर्ग सक्रिय हुनुपर्ने आवश्यकता औँल्याइएको छ।

लायन्स क्लब अफ काठमाडौँले आज यहाँ आयोजना गरेको शान्ति तथा सद्भाव ऐक्यबद्धता कार्यक्रममा वक्ताहरुले नाकाबन्दीका कारण मुलुकले विकराल समस्या भोगिरहँदा पनि नागरिक समाज, गैरसरकारी सङ्घसंस्था र बौद्धिक वर्ग चुप लागेर बसिरहेका बताए।

पूर्व सभासद् शान्ता चौधरीले एकले अर्कालाई आरोप–प्रत्यारोप लगाउने भन्दा पनि बन्द, हडताल र नाकाबन्दीका कारण उत्पन्न समस्यालाई चाँडो समाधान गर्नेतर्फ केन्द्रित हुन राजनीतिक नेतृत्वलाई आग्रह गरे।

बन्द र हडतालका कारण मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उले आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने, नभए अब नागरिक स्तरबाटै बन्द, हडतालको प्रतिकार गर्नुपर्ने बताए।
क्लबका अध्यक्ष डिके ढुङ्गानाले नाकाबन्दीका कारण औषधि जस्ता संवेदनशील वस्तुको अभाव हुँदा पनि सरकार र अन्तर्राष्ट्रिय सङ्घसंस्थाले चासो नदेखाउनु दुःखद भएको बताए ।
मुलुकभित्र ६०० र बाहिर २११ राष्ट्रमा फैलिएको लायन्स क्लबले शान्ति र सद्भाव कायम राख्न देशव्यापी अभियान सञ्चालन गर्दैछ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z