रुसले ६९ वटा लडाकू विमानबाट आईएसमाथि हान्यो क्रुज मिसाइल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी : फ्रान्सको पेरिसमा नरसंहार मच्चाएपछि रूसले सिरियामा इस्लामिक स्टेटको अखडामाथि बमबारीलार्इ तीब्र बनाएको छ ।

शनिबार मात्रै रुसका ६९ लडाकू विमानले सिरियास्थित आईएको अखडामा बम बर्साएका छन् ।


तर रुसी राष्ट्रपति भ्लादिमिर पुटनले अहिले जारी हवाई हमला इस्लामिक स्टेटलार्इ हराउन पर्याप्त नभएको बताएका छन् ।

रूसले लगातार चौथो दिन सिरियामा क्रुज मिसाइल पनि प्रहार गरेको छ । लामो दुरीको यो मिसाइल क्यास्पियन सागरस्थित युद्ध पोतबाट प्रहार गरिएको हो ।

समाचार अनुसार आईएसको सामरिक महत्वको सहर अहम दिरअल जुरमा पनि क्रुज मिसाइल झारिएको छ ।

इस्लामिक स्टेटको कब्जामा पूर्वी सिरियाको शहर स्वघोषित राजधानी रक्का र इराकी क्षेत्रको मध्य भागसम्म रहेको छ ।

रूसी सेनाका अनुसार शुक्रवार रक्कामा इदलिब र अलेप्पो प्रान्तमा हानिएका १८ क्रुज मिसाइलले आइएसका सातवटा अखडा ध्वस्त बनाएका छन् ।

अमेरिकी केन्द्रिय कमाण्डका प्रवक्ता कर्नेल पेट्रिक रोयडरका अनुसार रूसले हालैका दिनमा गरेका हमलामा इस्लामिक स्टेटको अखडा र उसका तेल भण्डारलार्इ निशाना बनाइएको छ ।

रूसी रक्षा मन्त्रालयका अनुसार चार दिनको बमबारीमा धेरैजसो क्रुज मिसाइल हानिएको हो । इस्लामिक स्टेटका ८०० बढी धेरै अखडा मिसाइलले ध्वस्त बनाएको छ ।

राष्ट्रपति पुटिनले भने रूसले अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनका अनुसार हमलाको अघिल्लो चरणमा प्रष्ट नतिजा देखिनेछ ।

राष्ट्रपति पुटिनका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै सिरियामा स्थल सेना पठाउने अहिले कुनै योजना नभएको बताए । रूस सिरियामा राष्ट्रपति बसर अल असदको समर्थनमा हवाई हमला गरिरहेको छ ।

इस्लामिक स्टेटले इजिप्टको सिनाई क्षेत्रमा एक रूसी विमानलार्इ बमले उडाइदिएको थियो । यो हमलामा २२४ यात्रु मारिएका थिए । जसमा धेरैजसो रुसी नागरिक नै थिए ।

गत शुक्रबार फ़्रान्सको राजधानी पेरिसमा भएको श्रृंखलावद्ध हमलाको जिम्मेवारी पनि इस्लामिक स्टेटले नै लिएको थियो । सो आक्रमणमा मर्नेको संख्या १३० माथि पुगेको छ । 
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z