उपेन्द्र यादव भन्छन्,‘कि भारतसँग युद्ध गर, कि कुर्सी छाड’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मंसिर १०, २०७२- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारका मन्त्रीहरुले मधेस आन्दोलनको विरुद्ध दिएको अभिव्यक्तिप्रति आक्रोश पोखेका छन् ।

कांग्रेस अवरोधका कारण बिहीबार बसेको संसद बैठकमा बोल्न नपाएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ‘कि भारतसँग युद्ध गर्न कि कुर्सी छाड्न’ मन्त्रीहरुलाई चुनौति दिए ।

‘सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरुले मधेस भारतमा गाँभ्न लाग्यो भनेर अभिव्यक्ति दिंदै हिंडेका छन्’, यादवले भने,‘ति उपप्रधानमन्त्री र मन्त्रीलाई म भन्छु, या त तिमी युद्ध गर्न जाऊ या कुर्सी छोडेर भाग । मधेस भारतमा गाँभ्न लागेको छ भन्ने अभिव्यक्ति दिएर कुर्सीमा बसिरहनु सुहाउँदैन ।’

मन्त्रिहरुले मधेस आन्दोलनलाई देखाएर भारतले तराई गाँभ्न लागेको भनी दिएको अभिव्यक्तिबारे सञ्चारकर्मीले धारणा मागेपछि यादवले यस्तो टिप्पणी गरेका हुन् ।

यादवलाई सुरुमा बोल्न दिएको भन्दै आजको संसद बैठक कांग्रेसले अवरुद्ध गरेको थियो । संसदीय अभ्यासअनुसार प्रमुख प्रतिपक्षीले पहिला बोल्न पाउनुपर्ने माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

बोल्न नपाएपछि संसदबाट बाहिरिंदै यादवले ‘तराई आन्दोलनबारे संसदमा कुरा राख्न खोज्दा नाकाबन्दी गरियो’ भन्ने टिप्पणी गरे
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z