नेपालको भर छैन भन्दै चिनियाँ सरकारमै विवाद, यसकारण नेपालसँग डरायो चीन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चीनकालागि नेपाली राजदुत डा महेश मास्के र नेपालकालागि चिनियाँ राजदुत उ चुन्थाईले यतीबेला भन्ने गरेका छन् कि अब चीनबाट सहज रुपमा इन्धन आपुर्ति हुन्छ ।
तीन पटक नेपाल आउँदै जाँदै गरेका डा. मास्केले भनेजसरी अब नेपालले जती चाहो त्यती इन्धन आउने भाषणबाजी केवल हल्लामा सिमित मात्रै हुन लागेको छैन चुन्थाइले भनेजस्तै नेपाल सरकारको आग्रहलाई चीनले सहर्ष स्विकार गर्ने विषय पनि अन्यौलग्रस्त बन्दै जान थालेको छ ।
पछिल्लो समय भारतीय गृहमन्त्रीको चीन दौडधुप र भारतीय जनता पार्टीका नेता विजय जेलीको संकास्पद नेपाल भ्रमणले पनि यो विषयलाई गम्भिर बनाएको छ ।
अझ चीनकै केन्द्र सरकार र तिब्बत प्रशासनबीच पनि विवाद देखिएको छ । खास गरि पेट्रोलियम पदार्थमा लाग्ने स्थानीय कर लगाउने कि नलगाउने विषयमा चर्को विवाद छ । यो विवादका बारण चिनियाँ सरकारले कुनै पनि निर्णय दिन सकेको छैन ।
पेट्रो चाइनाले इन्धनको व्यापारिक सम्झौताकालागि बोलाएको दुई साता वित्दा पनि सम्झौता हुन नसक्नुका पछाडि यीनै दृश्य र अदृश्य कारणहरु रहेका छन् । अझ क्वालालम्पुरमा चिनियाँ प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीका बीचमा भएको गोप्य भेटवार्तापछि त चीन झनै सुस्ताएको छ ।
खास गरि नेपाल मामलामा चीनले अग्रास्थानमा आएर काम थाले आफुसँगको व्यापारमा पुनविचार गर्न मोदीले दिएको चेतावनीले चीन एक कदम पछि हटेको विश्लेषण गरिएको छ । चीनको स्वशासीत तिब्बत प्रशासनले पनि केन्द्रको निर्णय नमान्ने चेतावनी दिइरहेको छ । उस्ले आफुले पाउने कर बराबरको अनुदान सरकारले उपलब्ध गराएमात्र विना कर इन्धन पास हुन दिने अडान राखेको बताइन्छ ।
त्यसो त नेपाल सरकारले जसरी चीनबाट इन्धन ल्याउने विषयलाई हल्ला चलाएको छ, सोहै बमोजिम कुटनीतिक पहल भने गर्न सकेको छैन । सरकारले पहल नगर्नु र भारतीय उच्च अधिकारी चीन भ्रमणमा गएर शीर्ष नेताहरुसँग नेपाल मामलामा गोप्य छलफल गर्दा समस्या देखिएको हो ।
चिनियाँ काम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरु पनि नेपालको भावि भुमिका कस्तो रहने हो भन्ने विषय निक्र्योल नगरि व्यापारिक सम्झौता गर्न नहुने पक्षमा छन् ।
चीनले प्रत्यक्ष रुपमा पहिलो पटक अर्को देशलाई इन्धन बेच्न लागेकाले उस्का कतिपय कानुन संशोधन गर्नुपर्ने हुन्छ । तर, नेपाल सरकारले दिर्घकालीन रुपमा इन्धन ल्याएन भने पछि आफुहरु नै हलुका हुने भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका केही नेताले पर्ख र हेरको नीति लिन परराष्ट्र र आपुर्ति मन्त्रालयलाई आग्रह गरेको बताइन्छ ।
यसरी चिनियाँ संस्थापन नै दुई धारमा विभाजीत हुनु, नेपाल सरकारले उच्चस्तरीय पहल नगर्नु जस्ता कारणले चीनसँग किन्ने भनिएको इन्धन हल्ला मात्र नहोला भन्न सकिदैन । पछिल्ला घटनाक्रमले पनि यस्तै देखाइरहेको छ । नेपाल सन्देश बाट ।

###
0 comments
Write Down Your Responses