टिभि पड्केर होइन, गोलीबाट बालिकाको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मंसिर १२, २०७२- भीमेश्वर नगरपालिका-७ स्थित रेश्मा चौलागाईंको मृत्यु टेलिभिजन पड्केर नभई गोली लागेर भएको पोष्टमार्टम रिर्पोटबाट खुलेको छ ।
घरलु हतियारले १ वर्षीया रेश्माको मृत्युको विषयलाई परिवारले झुठो वयान दिएको खुलेको हो । पोष्टमार्टममा बालिकाको निधारबाट पसेको गोली टाउकोको पछाडीपटि्ट कपालमा लट्पटिएको अवस्थामा फेला पारेपछि प्रहरीले थप अनुसन्धान थालेको छ । घटनाबारे मृतकको बुबा रामकृष्ण चौलागाईं र काका राजकुमार चौलागाईंलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले बताए ।
छोरी रेश्मालाई गोली लागेपछि शुक्रबार बेलुकी च्छोरोल्पा अस्पताल ल्याइपुर्‍याउदासम्म रामकृष्णले झूठो बयान दिएका थिए । उनले प्रहरीलाई पनि वास्तविक घटना लुकाएका थिए । पोष्टमार्ट रिर्पोटमा गोली लागेको देखिएपछि प्रहरीले छापामारी एसएलआरमा प्रयोग हुने २ राउण्ड गोली र कटुवा पेस्तोल बरामद गरेको छ ।
प्रहरीको प्रारम्भीक अनुमानमा राजकुमारले कटुवा पेस्तोल चलाउदा रामकृष्णको काखमा बसिरहेका रेश्माको निधारमा गोली लागेको खुलेको छ । घटना भवितव्य देखिएको तर गैरकानूनी घरेलु हतियार र गोली प्रयोग भएको प्रहरीले जनाएको छ ।
शुक्रबार भएको घटनालाई परिवारले बङ्ग्याएर १४ इन्चको पगरिया टेलिभिजन पड्केको जानकारी दिएका थिए । पक्राउ परेका रामकृष्ण र राजकुमारले भने गोली पड्केको घटनालाई इन्कार गरिरहेका छन् । प्रहरीले थप अनुसन्धानको क्रममा खोकाको खोजी गरिहेको जनाएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z