औषधि ल्याउन जोगवनी नाका अनुपयुक्त, हवाइजहाजबाट ल्याउने तयारी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विराटनगर–आन्दोलनरत संयुक्त मधेसी मोर्चाले जोगवनी नाकाहुँदै औषधि ल्याउँदा अबरोध नगर्ने जनाएको एक हप्ता बितिसके पनि औषधि आयातमा सुधार हुन सकेको छैन। विरगञ्ज नाकामा अड्किएका औषधिका गाडीहरू रिरुट गरी जोगवनी नाकाहुँदै ल्याउनु व्यवहारिक नभएकाले औषधि आयातमा सुधार नभएको विराटनगरका व्यवसायीहरूले बताएका छन्।
विराटनगर नाकाबाट औषधि भित्राय पनि नेपालतर्फको सडक अबरुद्ध भएकाले काठमाडौं, पोखरालगायतका स्थानमा पुर्याउन मुस्किल हुने गरेको औषधि व्यवसायी संघ कोसी अञ्चल अध्यक्ष लक्ष्मण माझीले बताए। 'औषधि ल्याउन वीरगञ्ज नाकाबाटै दिनु उपयुक्त हुन्छ,' उनले भने, 'वीरगञ्जको विकल्प भैरहवा नाका पनि हुनसक्छ।' भैरहवा नाकाबाट औषधि भित्रिरहेको भए पनि जोगवनी नाकाबाट भित्रने क्रम न्यून छ । सामान्य अवस्थामा पनि विराटनगर नाकाबाट न्यून मात्रामा औषधि भित्रन्थ्यो।
पूर्वका लागि वीरगञ्ज नाकाबाटै औषधि र सर्जिकल सामानहरू आउने गर्दथ्यो। वीरगञ्ज नाकाबाट आयात गर्दा औषधि भण्डार गर्ने गोदामलगायतका पूर्वाधारहरू पनि अभाव नहुने र बितरणमा पनि सहज हुने व्यवसायी माझी बताउँछन्। औषधि व्यवसायी महेशप्रसाद देवले पूर्वमा उपयोग हुने अधिकाँश औषधिहरू वीरगञ्ज नाकाबाटै भित्रने गरेको बताए। उनका अनुसार पूर्वमा प्रयोग हुने ७० प्रतिशत औषधि वीरगञ्ज नाकाहुँदै आउने गर्दछ। वीरगञ्जबाट विराटनगर रिरुट गर्दा ढूवानी लागत बढ्ने र भण्डारण तथा बितरणमा पनि समस्या हुने व्यवसायीको भनाइ छ। बितरणमा समस्या हुने भएकै कारण आयातकर्ताले औषधि ल्याउन विराटनगर नाका प्रयोग गर्न हिचकिचाइरहेका छन्।
रिरुट गरेर जोगवनी नाकाबाट ल्याउँदा समय पनि बढी लाग्ने भएकाले व्यवसायीले हवाइजहाजबाट ल्याउने तयारी गरेको औषधि व्यवसायी संघ कोसीले जनाएको छ। संघका कोसी अञ्चल अध्यक्ष माझीले पूर्वमा अभाव भएका अतिआबश्यकीय औषधिको सूचि संघले तयार गरिरहेको बताए। उनका अनुसार सबै अस्पताललाई पत्राचार गरेर चाहिएको औषधि र परिमाण पठाउन औषधि व्यवसायी संघले आग्रह गरेको छ। अस्पतालहरूबाट अतिआबश्यकीय औषधि, इन्जेक्सन र सर्जिकल सामानहरूको बिबरण आएपछि तत्कालै हवाइजहाजबाट औषधि ल्याउने संघको तयारी छ।
औषधि अभावका कारण विरामीहरूले उपचार नै नपाउने अवस्था आएपछि औषधि व्यवसायी संघले केन्द्रीय समितिबाटै औषधि अभाव हुन नदिन पहल सुरु गरेको माझीले बताए । जोगवनी नाकाहु"दै न्यून मात्रामा औषधि भित्रिरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाले न्यून मात्रामा औषधि आयात भएको बताए । उनले भने, 'औषधि आयात सामान्य अबस्थाको जस्तै छ, उल्लेख्य सुधार भएको छैन।' नाकाबाट छिटपुट औषधिका गाडी भित्रिरहेको ढुङ्गानाले जानकारी दिए ।

###
0 comments
Write Down Your Responses