रसुवा भन्सारले दैनिक एक करोड राजस्व उठाउन थाल्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं:  रसुवा भन्सारले दैनिक एक करोड बराबरको राजस्व सङ्कलन गर्न थालेको छ ।

पछिल्लो पटक भारतको अघोषित नाकाबन्दीका कारण दक्षिणतर्फको राजस्व सङ्कलनमा अवरोध भएपछि उत्तरतर्फको नाका रसुवागढी भन्सारबाट दैनिक राजस्व उठ्ने दर बढ्न थालेको हो ।


भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानाले रसुवागढी भन्सार नाकाबाट दैनिक राजस्व उठ्नेक्रम बढेको जानकारी दिनुभयो । सो भन्सार नाका खुलेको दुई महिनामा रु २३ करोड ७० लाख राजस्व सङ्कलन भएको छ ।

अरु समयमा दैनिक रु सात लाख मात्रै राजस्व उठ्दै आएको सो भन्सार नाकामा पछिल्ला दिनमा भने राजस्व उठ्ने दर बढेको बताउँदै उहाँले चीन सरकारले उपलब्ध गराएको खाद्यान्न र इन्डक्सन चुलोलगायतका विद्युतीय सामग्री आज मात्रै भन्सार कार्यालय आइपुगेको जानकारी दिए ।

चीन सरकारले पठाएको चामल, तेल, नुन आज मात्रै भन्सार आइपुगेको उहाँको भनाइ छ । ‘‘चीनले अनुदानमा दिएको ३० टन चामल, १० टन खानेतेल र १० टन नुन आज मात्रै भन्सार आइपुगेको हो, सो सामग्री सरकारले नेपाल खाद्य संस्थानमार्फत बिक्री गर्नेछ ।’’ महानिर्देशक ढुङ्गानाले भने ।

चीनले नेपाललाई एक हजार ३०० वटा इन्डक्सन चुलो सहयोग गरेको छ । भारतको नाकाबन्दीपछि चीनले १० लाख आरएमबी बराबरको खाद्यान्न र अन्य खाद्य सामग्री नेपाललाई सहयोग गर्न यसअघि गरेको घोषणाअनुसार नै ती सामग्री नेपाल भित्रिएको हो ।

गत वैशाखमा गएको ‘गोरखा भूकम्प’का कारण चीनबाट सामान आयात निर्यात हुने प्रमुख नाका तातोपानी भन्सार नाका अवरुद्ध हुँदा मुलुकले छ अर्बभन्दा बढी राजस्व गुमाएको छ ।

सरकारले सो नाकालाई तत्काल खुलाउने बताउँदै आएको छ । व्यवस्थापिका–संसद्को विकास समितिले पनि सो नाका खुलाउन यसअघि नै सरकारलाई निर्देशन दिइसकेको छ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

1 comments

Vaneko matrai ho ki janta lai bekuf banayeko ho ra nepal je sahyog gareni kaha jan6 samaan haru thahai hudai na

Write Down Your Responses

12z