प्रधानमन्त्रीलाई मञ्चबाटै उचालेर फ्याँकेपछि...
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर २७ । नेपालको संसद पटक–पटक अवरुद्ध भइरहँदा युक्रेनमा भने अचम्मको दृश्य देखिएको छ । यहाँको संसदमा सत्ताधारी गठबन्धका सांसद्हरु एक अर्का विरुद्ध हात हालाहालको स्थितीमा उत्रिएका छन् ।
शुक्रबार राष्ट्रपति पेट्रो पोरोशेन्को निकटका एक सांसद्ले प्रधानमन्त्री अर्सेनी यात्सेंइयुकलाई मञ्चबाट तानेर फालेका छन् ।  प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा संसद् यात्सेंइयुक आफ्नो संकटग्रस्त सरकारको बचाउ गर्दै गर्दा ति सांसद्ले प्रधानमन्त्रीलाई मञ्चबाट घिसारेका हुन् ।
सांसद ओलेहा बर्नाले प्रधानमन्त्रीलाई हात हालेपछि  राष्ट्रपति पोरासेन्का र प्रधानमन्त्री यात्सेंइयुकको गुटबीच हात हालाला सुरु भएको थियो । यस्तो घटना हुनअघि प्रधानमन्त्रीले आफ्नो सरकारले हात पारेका उपलब्धिको सार भन्दै थिए । उनले सत्तामा बसेको एक वर्षपछि आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन् । (एजेन्सी)
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z