काँकडभिट्टा नाकाबाट साढे चौरासी लाख लिटर इन्धन भित्रियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दमक, १८ मङ्सिर / झापाको काँकडभिट्टा नाकाबाट अढाई महिना अवधिमा साढे ८४ लाख लिटर इन्धन भित्रिएको छ । भित्रिएको इन्धन र ग्यासबाट रु १४ करोड ८३ लाख ४५ हजार राजस्व उठेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
भित्रिएको इन्धनमा २४ लाख ३४ हजार लिटर पेट्रोल, ५० लाख ३९ हजार लिटर डिजेल, सात लाख २० हजार लिटर हवाई इन्धन र दुई लाख ९२ हजार लिटर मट्टितेल रहेको छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भिम अधिकारीका अनुसार सो नाकाबाट नाकाबन्दीपछि खाना पकाउने एलपी ग्यास १४ लाख ८७ हजार ९४६ किलो भित्रिएको छ । गत असोज ६ गतेदेखि भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको हो । रासस
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z