पेट्रोल छर्केर मोटरसाइकल जलाउन खोज्दा पाँच आन्दोलनकारी जलेर घाइते
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वीरगन्ज- रक्सौलबाट पेट्रोल बोकेर आउँदै गरेको मोटरसाइकलमा आगजनी गर्न खोज्दा पाँच आन्दोलनकारी जलेर घाइते भएका छन्। वीरगन्ज-रक्सौल नाकाको मितेरी पुलमा ना३प ४३४९ नम्बरको मोटरसाइकलमा पेट्रोल छर्केर जलाउन खोज्दा घाइते भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल धनीले ल्याएको पेट्रोल खन्याएर उनीहरुले आगजनी प्रयास गरेका थिए। उनीहरुबारे विस्तृत जानकारी नखुलेको पर्साका एसपी राजुबाबु श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मोटरसाइकल चालक दिलीप चौधरी र पछाडि बसेका अरुण चौधरी सामान्य घाइते छन्।

###
0 comments
Write Down Your Responses