बालुवाटारको वार्ता स्थगित गरेर मोर्चा नेता भारतीय दूतावास
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडाैं-बालुवाटारमा तय गरिएको वार्तामा मधेसी मोर्चा सहभागी नभएपछि वार्ता स्थगित गरिएको छ। प्रमुख तीनदलको बैठक जारी रहँदा मोर्चा नेताहरू बालुवाटार अाउने र वार्ता हुने अपेक्षा गरिएको थियो। तर मोर्चाको तर्फबाट अाज वार्तामा अाउन भ्याएनाैं भन्ने खबर पाएको एमाले वरिष्ठ नेता माधव कुमार नेपालले बताए।






‘हामी अाउन भ्याएनाैं भन्ने खबर पठाउनु भयाे,’ नेता नेपालले भने ‘प्रमुख दलको बैठक सकेर वहाँहरूसँग वार्ता गर्ने हाम्रो तयारी थियो तर अाउनु भएन।’

वार्ता छाडेर भारतीय दूतावासमा मोर्चा नेता

बालुवाटारमा हुने भनिएको वार्तामा सहभागी हुन नभ्याएका मधेसी मोर्चाका नेताहरु भारतीय दूतावास पुगेका छन्। मोर्चाका नेताहरु लैनचौरस्थित दूतावासमा छफलफमा जुटेका बताइएको छ। मोर्चाका शीर्ष नेता केहीबेर पहिले भारतीय दूतावास पुगेका हुन्।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z