मधेसी मोर्चा र भारतीय भिड्दा मितेरी पुल रणमैदान (फोटो फिचर)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एकजनाको टाउको फुट्यो, अर्काको हात भाँचियो
वीरगन्ज : वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसी नाकाबन्दी गरेका मधसी दलका नेता कार्यकर्ता र भारतीय नागरिकबीच बिहीबार बिहान पुनः झडप भएको छ । झडपका क्रममा मधेसी दलका चार नेता कार्यकर्ता र दुई भारतीय घाइते भएका छन् ।
भारतीयहरुको कुटाइबाट तमलोपाकी महिला नेतृ रेखा साह, तमलोपाका युवा नेता रन्जन मिश्रा, संघीय समाजवादी फोरम नेपालका नेता मदन यादव र शत्रुधन यादव घाइते भएका छन् ।
उनीहरुमध्ये मिश्राको टाउको फुटेको छ भने महिला नेतृ रेखा साहको दाहिने हात भाँचिएको छ । घाइते सबैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ ।
बिहीबार बिहान सात बजेतिर मितेरी पुलको धर्नास्थलमा भारत रक्सौलको अहिरवा टोल, प्रेम नगर र नागारोडका भारतीयहरुले आक्रमण गरेपछि दुवै पक्षबीच झडप भएको हो ।
भारतीयहरुले धर्नास्थलमा आन्दोलनकारीहरुले टाँगेको टेन्टमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गर्दा मधेसी दलका कार्यकर्ताहरुले प्रतिवाद गरेपछि झडप भएको सदभावना पार्टी पर्साका सचिव कृष्णा पटेलले बताए ।
झडप भएपछि मितेरी पुलको धर्ना स्थलबाट मधेसी दलका नेता कार्यकर्ताहरु भागेका थिए । मितेरी पुुल अहिले पनि तनावग्रस्त छ । झडपपछि आन्दोलनकारीहरुले मितेरी पुुलमा बाँसको ढाट राखेर सवारी आवागमन ठप्प पारेका छन् ।
रक्सौलतर्फको भुभागमा भेला भएका भारतीयहरुले पनि नेपाली नम्बर प्लेटका मोटरसाइकल रक्सौल तर्फ छिर्न दिएका छैनन् । मितेरी पुलमा दुवैतर्फ अवरोध भएका कारण यात्रुहरु पैदल ओहोरदोहोर गरिरहेका छन् ।
मधेसी दलका नेता कार्यकर्ताहरुले मितेरी पुलमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि बुधबार राति पनि दशगजा क्षेत्रनजिकै रहेको भारत रक्सौलको अहिरवा टोलका भारतीयहरुले धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेका थिए ।
बुधबार राति भारतीयहरुको आक्रमणबाट धर्नामा बसेका मधेसी दलका पाँचजना नेता कार्यकर्ता घाइते भएका थिए ।
घाइते पाँचैजनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । बुधबार राति नौ बजेतिर रक्सौलको अहिरवा टोलबाट करिब एक सयजनाको संख्यामा लठ्ठी र भाटा बोकेर आएका भारतीयहरुले मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेका थिए ।
आन्दोलनकारीहरुले धर्नास्थलमा टाँगेको टेण्ट भत्काउनुका साथै भारतीयहरुले धर्नास्थलबाट आन्दोलनकारीलाई लखेटेर वीरगन्जतर्फ अड्किएर बसेको एउटा भारतीय खाली ट्रकलाई रक्सौल छिराएका थिए ।
यसअघि गत सोमबार बिहान पनि खाली भारतीय ट्रक रक्सौल छिराउन खोजेका भारतीय चालक र आन्दोलनकारीबीच विवाद भएको थियो ।
गत सोमबार बिहान ६ बजेतिर धर्नामा बसेका आन्दोलनकारीहरु शौच गर्न गएका बेला वीरगन्जमा रोकिएका भारतीय खाली ट्रकका चालकहरुले आफ्नो गाडी भारततर्फ छिराउन खोजेपछि आन्दोलनकारीसँग विवाद भएको थियो ।
संविधान निर्माण र सीमांकनको विरोधमा मधेसी दलहरुले वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा गत असोज ७ गते देखि धर्ना दिएका हुन् ।
यसैबीच मितेरी पुलमा बिहीबार बिहान भारतीयहरुले आन्दोलनकारीमाथि आक्रमण गरेको विरोधमा मधेसी दलका कार्यकर्ताहरुले वीरगन्ज बजार बन्द गराएका छन् ।
उनीहरुले नगरका विभिन्न चोकमा टायर बालेर प्रदर्शन पनि गरेका छन् । बजार बन्द गराउँदै हिडेका प्रदर्शनकारी गरिब नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

###
0 comments
Write Down Your Responses