चुरेभावरकाे चेतावनीपछि मोर्चाले आमसभास्थल सार्‍यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सर्लाही— चुरे भावर पार्टीले राजमार्ग क्षेत्रमा मधेसी मोर्चाको कार्यक्रम हुन नदिने चेतावनी दिइरहेको अवस्थामा सर्लाहीको नवलपुरमा मोर्चाले सभा गर्ने तयारी गरेको छ।

मोर्चा र चुरेभावरका कार्यकर्ताबीच जम्काभेट हुन सक्ने स्थितिलाई ध्यानमा राख्दै सभास्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सर्लाहीको राजमार्ग क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। मोर्चाको कार्यक्रमस्थलमा पनि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

राजमार्ग क्षेत्रको हरिवन, लालबन्दी र नवलपुर बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

कार्यक्रम स्थलबाट बजार क्षेत्रमा मोर्चाका कार्यकर्ता जान नदिन सडकमा प्रहरी खटेका छन्। राजमार्ग क्षेत्रबाट चुरेभावरका कार्यकर्ता कार्यक्रम स्थलसम्म पुग्न नदिन प्रहरी राजमार्ग क्षेत्रमा चेक जाँज गरी कडाइ बनाएको छ। कार्यक्रम स्थल परिवर्तन हुँदा मोर्चाभित्रै विवाद समेत भइरहेको छ।

मोर्चा र चुरेभावरबीचको टस्नले राजमार्ग क्षेत्रमा सुरक्षा चुनौती बढेकको छ। आसपासका आम सर्वसधारण असुरक्षित महसुस गरेका छन्। मोर्चाका कार्यक्रका कारण राजमार्ग क्षेत्रको सवारी साधन कम गुडेका छन्। आज एक दिनका लागि निजी विद्यालयहरु बन्द भएको छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z