१४ वर्षीय छात्राले स्कूलको ट्वाईलेटमा बच्चा जन्माएपछि प्रधानाध्यापक निलम्बित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी ,भारतको राजधानी दिल्लीको माधापुर क्षेत्रमा एक कक्षा ९ मा अध्यनरत छात्राले स्कूलको ट्वाईलेटमा बच्चा जन्माए पछि स्कुलका प्रधानाध्यापकलाई निलम्बित गरिएको छ । शनिवार विहान स्कुलको पढाई चलीरहेका बेला ति छात्राको अचानक पेट दुखेपछि उनी शौचालयका गएकि थिइन् ।
शौचालय गएको लामो समय बितिसक्दा ति छात्रा कक्षामा नर्फकेपछि खोजी गर्दा उनले शौचालयमा नै बच्चलाई जन्म दिइसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । स्कूल प्रशासनले तत्काले प्रहरीलाई सम्र्पक गरेर आमा र बच्चालाई जिम्मा लगाइदियो । ति छात्राको उमेर मात्र १४ वर्षको बताईएको छ ।
ति छात्राका बुबाका अनुसार धानू नामक एक व्यक्तिबाट बलात्कृत भएको र उनका नाममा उजुरी दिइएको प्रहरीले जनाएको छ । घटना लगतै स्कूलका प्रधानाध्यापकलाई निलम्बित गरिएको छ भने बलत्कारिको खोजीलाई तिब्र बनिएको दिल्ली प्रहरीले जनाएको छ ।

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z