राजेन्द्र महतोको अर्काे पोल खुल्यो ! दिल्लीले यसरी हान्यो ‘लात’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आन्दोलनमा सहयोग माग्न बिहार जाँदै

विराटनगर, १६ माघ । भारत नजिकको भनेर चिनिने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अर्काे पोल खुलेको छ ।
समाचार स्रोतका अनुसार उनले भारतकै सहयोगमा मधेसमा आन्दोलन गरिरहेको खुलासा भएको हो । तर, अहिले भारतको केन्द्रीय शासकले साथ छाडेपछि उनी समर्थन खोज्दै बिहारतिर निस्किएका छन् ।
सरकारले गरेको संविधान संशोधनपछि भारत सरकारको रवैयामा परिवर्तन आउन थालेपछि सीमावर्ती बिहारका सांसद र विधायकहरूको समर्थन लिन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज पटना जान लागेको खबर प्राप्त भएको छ ।
बिहारका कतिपय सांसद र विधायकले दिल्ली सरकारको नीति विपरीत खुलेरै मधेश आन्दोलनको पक्षमा वकालत गर्दै आएका छन् । संविधान संशोधनपछि भारत सरकारले नेपालको यस कदमलाई सकारात्मक रूपमा लिएको र काठमाडौंसंगको सम्बन्ध सुधारको प्रयास शुरू गरेको छ ।
संविधान संशोधनपछि दिल्लीले मधेशी मोर्चाका शीर्ष नेताहरूलाई आन्दोलन फिर्ता लिन लगातार दबाब दिई रहेको छ । काठमाडौंस्थित भारतका राजदूत रञ्जीत रेले आफै मोर्चाका शीर्ष नेताहरूलाई फोन गरि आम हडताल फिर्ता लिन र नाकाबाट आफ्ना कार्यकर्ता हटाउन दबाब दिएको स्रोतले बताएको छ । दिल्लीले आफ्नो समर्थन फिर्ता लिएपछि मधेशी मोर्चाका नेताहरू बिहार र यूपीका नेताहरूसंग समर्थन जुटाउन विभिन्न तरिकाले लबिंग गरिरहेका छन् । बिहारका सत्तारूढ दल लालू प्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलका उपाध्यक्ष डा. रघुवंश प्रसाद सिंहले पछिल्लो दुई महिना देखि नेपाल-भारतको सीमावर्ती शहरहरूमा सभा र सम्मेलन गर्दै आन्दोलनमा खुलेरै समर्थन गर्दै आई रहेका छन् ।
पूर्व केन्द्रीय मन्त्री समेत रहेका डा. सिंहकै निम्तोमा महतो पटना जान लागेको बताईएको छ । पटनामा उनले बिहारका मुख्यमन्त्री नितीश कुमार, राजदका अध्यक्ष लालू प्रसाद यादव, बिहार भाजपाका नेता सुशील मोदी, नन्द किशोर यादव लगायतलाई भेट्ने कार्यक्रम छ । त्यहाँका बुद्धिजीवी र पत्रकारहरूसंग पनि भेटघाटको कार्यक्रम राखिएको छ ।
पटना जानु भन्दा पहिले महतो मुजफ्फरपुरमा सीमावर्ती विधायक र सांसदहरूसंग अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । मीडिया फर बर्डर हारमोनी नामक संस्थाको पहलमा हुने यस कार्यक्रममा मधेश आन्दोलनलाई अगाडि बढाउन बिहारका सांसद र विधायकहरूको के कसो भूमिका हुन सक्छ त्यसबारे छलफल हुने भएको छ । यो कार्यक्रम डा रघुवंश प्रसाद सिंहको अध्यक्षतामा हुन गई रहेको छ । यसमा प्रमुख वक्ता भने सदभावनाका अध्यक्ष महतोनै छन् । कार्यक्रममा सहभागी हुन महतो आज सांझै मुजफ्फरपुर जाने कार्यक्रम छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z