'लागुऔषध संजालका नाइके' पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वीरगन्ज-लागु औषध कारोबारी सञ्जालका एक नाइकेलाई पक्राउ गरिएको प्रहरीले दावी गरेको छ। पर्सा जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले लागुऔषध सञ्जालका नाइके भनिएका देवेन्द्रकुमार सुमनलाई शनिवार सार्वजनिक गर्यो।
भारत बिहारको सिमावर्ती सहर रक्सोल १२ स्थित नहर नजिक घर भएका ३४ बर्षे सुमनले सलमान भाइ र दिपेन्द्र लगायत नामले धन्दा गर्दै आएको प्रहरीले जनाएको छ। काठमाडौंको लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय पर्साको बिशेष ब्युरोले भारी परिमाणमा बिभिन्न किसमका लागु औषध सहित शुक्रबार करिब ३ बजे सुमनलाई पक्राउ गरेको प्रहरीले जनायो। सूचनाको आधारमा खटिएको टोलीले सुमनबाट २८ ग्राम खैरो हिरोइन र ३ सय ३० थान लागु औषधको रुपमा समेत प्रयोग हुने इन्जेक्सन र करिब ९ हजार बराबर नगद बरामद गरेको पर्सा प्रहरीले बतायो।
डाइजिपाम १ सय १० भाइल, फेनार्गन १ सय १० भाइल र नुर्फिन १ सय १० भाइल इन्जेक्सन, २ पोकामा रहेको खैरो हिरोइन र नेपाली ८ हजार ९ सय ४५ तथा भारतीय ३ सय ३० रुपैया प्रहरीले आरोपी सुमनसंगै सार्वजनिक गरेको हो। 'भारत बिहारको मुजफरपुर र मोतिहारीबाट लागुऔषध रक्सोल हुदै ल्याई नेपालको वीरगन्ज, हेटौडा, नारायणगढ र काठमाडौंमा यसले डिलरै राखेर बिक्री बितरण गर्ने गरेको यिथो,' प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने, 'यो ब्यक्ति समातिनु भनेको लागु औषध कारोबार नियन्त्रणको सवालमा ठूलो उपलब्धी हो।'
प्रहरीले चाँडै नै संजालका अरु तहसम्म पुग्ने दावी गरेको छ। 'यो यति सजिलै नियन्त्रणमा आउने थिएन्, १० लाख रुपैयाँ बराबरको एउटा डिल गर्न नेपाल पसेको बेला समातिएको हो,' अनुसन्धानमा खटेका प्रहरी नायब उपरीक्षक होवेन्द्र बोगटीले भने, 'नेपालमा लागुऔषध प्रयोगकर्ताहरुको संख्या बढाउने मुख्य सुत्राधारलाई हामी समात्न सफल भएका हौं।' प्रहरीले लागुऔषध सम्बन्धी मुद्दा चलाउदै थप अनुसन्धान गर्ने जनाएको छ।

###
0 comments
Write Down Your Responses