विदेशमा कमाएर ठडियो घर, तर पुरा भएन परिवारसँगै बस्ने रहर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पोखरा, माघ १७ – रोजगारीका लागि इजरायल पुगेका कास्कीका मनबहादुर थापा मगर प्राय सधैं घरमा फोन गर्नुहुन्थ्यो । बेलुकी ड्युटीबाट फर्किएपछि र बिहान ड्युडीमा जाने बेला परिवारसँग कुरा नगरि चित्तै बुझ्दैनथ्यो । घरबाट मिसकल मात्रै आउँथ्यो । फोन उतैबाट गर्नुहुन्थ्यो । तर गएको पुस १५ गते बिहान ४ बजे घरबाट आएको फोनको लामै रिङटोन बज्यो । मनबहादुरलाई निन्द्राले राम्रोसँग छाडेकै थिएन ।
अल्छी मान्दै फोनतिर हेर्नुभयो । भान्जाले गर्नु भएको रहेछ । फोन उठाएर हेलो भन्न नपाउँदै भान्जाले भन्नुभयो, ‘विद्युत सर्ट भएर घटना घट्यो मामा तत्काल घर फर्किनु पर्यो ।’ सानोतिनो घटना भएछ क्यार भन्ने सोच्दै फोन काट्नुभयो र अर्कापट्टि फर्किएर निदाउने प्रयास गर्नुभयो । तर निन्द्रा लागेन । फोन बारम्बार आइरहेको थियो । घरबाट सधैं मिसकल आएपनि यस्तो राति कहिले पनि आउँदैनथ्यो । निन्द्रा नलागेपछि उहाँले फोनमा कुरा गर्नुभयो ।
घरमा श्रीमती र छोरोसहित चार जनाको ज्यान गएको खबर सुनाए । फोन छाडेर मनबहादुर मुर्छा परेर ढल्नुभयो । साथीहरुले थाहा पाएर उहाँलाई सम्हाले । मगर संघ इजरायलले घर फर्काउन पहल गर्यो । रोजगारीका लागि इजरायल पुगेका मनबहादुर एक्कासी घर फर्कने बाटो लाग्नुभयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा भान्जाहरु लिन आएका थिए । घरमा आगो लागेको तीन दिनपछि दिउँसो २ बजे पोखरा उपमहानगरपालीका १४ चाउथेमा रहेको घरमा पुग्दा मान्छेहरु बाक्लै भेला भएका थिए । घरमा मुडो झैं ढलिरहेका श्रीमती, छोरो, सासु र दिदीकी छोरीलाई देख्नुभयो । मृतक शरिरलाई झाँक हाल्दै फेरि मुर्छित हुनुभयो । मनबहादुर फर्किएपछि मात्रै संस्कार ग र्ने भन्दै तीनदिन सम्म शव राखिएको थियो । मनबहादुर पुगेपछि आफन्त र गाउँलेहरुले संस्कार्न तयारी थाले । मनबहादुर डाको छाडेर रोहिरहनुभयो .... । पुरानो थलो स्याङजा भएपनि मनबहादुर पोखरामै बस्दै आउनुभएको थियो । आफन्तहरु पोखरामा खासै थिएनन् । आफूले परदेशको कमाइले जोडेको अढाई तले घर थियो ।
श्रीमती र दश वर्षिय एक छोरा थिए । पुस १५ गते राती घरमा पाउना आएका थिए । सिताकी आमा गंगाकुमारी र दिदीकी छोरी बसन्ती । छिमेकमा मरो परेको थियो । उनीहरु बेलैमा खाना खाएर सुत्ने सुरसारमा लागेका थिए । दोश्रो तलामा रहेको बैठक कोठामा मोवाइल चार्जमा छाडेर सबै झ्याल ढोका बन्द गरेर पल्लो कोठामा सुते । चारै जना एउटै कोठमा सुतेका थिए । भाडा लिएर बस्ने अरु तल्लो तलामा थिए । हरेक दिन बिहान सबेरै उठ्ने सिताको त्यो दिन चहलपहल देखिएन । १० वर्षे छोरो सिमान्त प्राय बाहिर खेलिरहेको देखिन्थ्यो । त्यो दिन उसको पनि चालचुल थिएन । घरबेटी बिहान ७ बजेसम्म पनि नदेखेपछि घरमा डेरामा बस्नेले यता उता हेरे । सबै झ्याल ढोका भित्रबाट बन्द थिए । छिमेकीलाई सुनाए । नयाँ बन्दै गरेको विमानस्थलको पुर्वपट्टि रहेको घरमा हल्लाखल्ला मच्चियो । प्रहरीलाई खबर गरे । प्रहरी आएपछि छिमेकी र प्रहरीले छिमेकको घरबाट झ्याल फुटाएर हेरे । भित्र धुँवाको कुइरिमण्डल थियो । चारै जना लम्पसार थिए । राति चार्जमा रहेको मोवाइलबाट बैठक कोठामा आगोलागी भएछ । झ्याल ढोका बन्द भएकाले धुँवा भित्र फैलिएपछि निस्सासिएर उनीहरुको ज्यान गएको रहेछ ।
मनबहादुर यसअघि साढे छ वर्ष कतार बसेर खाली हात घर फर्किनु भएको थियो । पछि केअर गिभरमा छ लाख रुपैयाँ तिरेर इजरायल जानुभयो । कमाई राम्रो भयो । छुट्टीमा बेला बेला घर फर्कनु हुन्थ्यो । श्रीमती सिताले नै घर व्यवहार हेर्ने र कमाएर पठाएको रकमको सदुपयोग देख्दा मनबहादुरलाई खुव सन्तुष्टि मिल्थ्यो । आजै गएर कमाएर पठाउ जस्तो लाग्थ्यो ।
इजरायलमा कामएको पैसाले नै पोखारमा जग्गा किनेका मनबहादुरले तीन वर्षअघि छुट्टीमा आएको बेला एक तले भएपनि घर बनाउने सल्लाह गर्नु भएको थियो । घर कस्तो बनाउने भन्ने कुरा हुँदा सिताले भनेका कुरा मनबाहादुरले सम्झनुभयो ‘हजुर कमाउनु मात्रै न कस्तो बनाउने भन्ने चिन्ता नगर्दा हुन्छ म छँदै छु नी ।’ नभन्दै दुई वर्षअघि सिताकै डिजाइनमा घर निर्माण सुरु भएको थियो ।
६० लाख रुपैयाँको लागतमा सीताले साढे दुई तले घर बनाउनु भएको थियो । तर बिडम्बना श्रीमानले कमाएको पैसालाई सदुपयोग गरेर सीताले बनाएको घरमा यो दम्पतीले सँगै बस्ननै पाएन । घर बनाउँदाको केहि ऋण अझै तिर्न बाँकी छ । त्यहि भएर केहि महिना अझै बसेर ऋण सकेपछि मात्रै फर्किने सोच थियो मनबहादुरको । तर त्यसो हुन सकेन । परिवारको अन्तिम बिदाईका लागि आकस्मिक घर फर्किनु पर्यो । मनबहादुर अहिले न निदाउन सक्नु भएको छ न त आँखा खोल्न नै । टोलाएरै वितिरहेका छन् दिन रात ।
जता गएपनि श्रीमती र छोरालाई मात्रै देख्नुहुन्छ । भावुक हुँदै उहाँले भन्नुभयो ‘झलझली आँखामा उनीहरुकै मात्र तस्बिर आउँछ । सपना जस्तो लाग्छ । आफ्नो घरमा छुईंन जस्तो लाग्छ । तर जे नहुनु भै सक्यो ।’ श्रीमती र प्यारो छोरा गुमाएको एक महिना बितिसकेको छ । अव सधैं पीरले मात्र चल्दैन । फेरि घर बनाउँदाको ऋण पनि तिर्न बाँकी नै छ । इजरायलमा काम गरेको ठाउँबाट पनि उहाँलाई बोलाइरहेका छन् । मगर संघ इजरायलले आउँदो फागुन ६ गते फर्किने टिकट पनि मिलाई दिएको छ । उहाँ आफन्तको वियोगको पीडा भुल्दै इजरायल फर्कने तयारीमा हुनुहुन्छ । तर उहाँले घर रुघ्ने मान्छे पाउनु भएको छैन । ‘इजरायल त जानै पर्छ’ मनबाहादुरले भन्नुभयो ‘तर यो घर कसलाई जिम्मा लगाएर जाउँ ?’

- इजरायलमा कमाएको पैसाले बनेको थियो घर

###
0 comments
Write Down Your Responses