सिके राउतलार्इ सर्वोच्च अदालतले दियो सफाइ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सर्वोच्च अदालतले देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका सिके (चन्द्रकान्त) राउतलाई सफाइ दिएको छ ।

न्यायाधीश वैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले अाइतवार देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका राउतलाई कुनै पनि प्रमाण नदेखिएको भन्दै सफाइ दिएको हो ।

प्रहरीले राउतलाई सन्थाल जातिको एक कार्यक्रममा मधेसलाई टुक्र्याउनुपर्ने भाषण गरेको आरोपमा पक्राउ गरी राज्यविरुद्धको अपराधमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

देश टुक्र्याउने खालको कुनै पनि अभिव्यक्ति दिएको नदेखिएको भन्दै यसअघि विशेष अदालतले राउतलाई सफाइ दिएको थियो । विशेष अदालतको सो फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्ने आरोपमा कुनै पनि प्रमाण नदेखिएको भन्दै सर्वोच्चले सफाइ दिएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले सर्वोच्चले विशेष अदालतकै फैसलालाई सदर गरेको जानकारी दिए। रासस 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z