नेपाललाई २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बहराइन ३-० गोलले पराजित
काठमाडौं : नेपालले २३ वर्ष लामो प्रतिक्षालाई चिर्दै बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल भएको छ ।

बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा बहराइनलाई ३–० ले हराउँदै बंगबन्धु फुटबल प्रतियोगिताको उपाधि उचालेको हो ।

नेपाललाई उपाधि दिलाने क्रममा बिमल घर्तीले पहिलो हाफको पाँचौ मिनेटमै पहिलो गोल गरे । पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो ।

शुरुबाटै आक्रमक खेलेको नेपालले दोस्रो हाफमा पनि त्यसलाई जारी राख्यो । नेपालका लागि खेलको ८७ अाै‌‌ मिनेटमा विशाल राईले अर्को गोल थपे ।

दुई गोल गरेको पाँच मिनेट नबित्दै खेलको निर्धारित समयको अन्तिम मिनेटम माल्दिभ्सविरुद्द्धको खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठले अर्को गोल थप्दै नेपाललाई शानदार जित दिलाए ।

नेपालका लागि बिराज महर्जनले दिएको क्रसलाई अन्जन विष्टले गरेको हेडबल डिबक्समा अल्मलिएको अवस्थामा बिमलले पाँचौ मिनेटमा गोल गर्दै खाता खोले ।

शुरुबाटै आक्रमक खेलेको नेपालका लागि बिमलले बहराइनको डिबक्समा अल्मलिएको बललाई सदुपयोग गर्दै जाली चुमाएपछि नेपालको २३ वर्षदेखिको उपाधिको खडेरी टर्ने देखिएको थियो ।

नेपाली टिमलाई उपाधि जिताउनका लागि किपर विकेश कोथु नायक सावित भए । उनले बहराइनका हरेक डरलाग्दा प्रहारलाई प्रत्येक पल्ट विफल बनाए ।

नेपालमा खुसियाली ल्याउने क्रममा खेलको ८७ अाै‌ मिनेटमा डिबक्स नजिकै बहराइनका खेलाडीबाट खोसेर अन्जन विष्टले मिलाइदिएको उत्कृष्ट पासमा विशाल राईले जाली चुमाए ।

त्यसअघि नै नेपालका सुमन लामा र बहराइनका अली थह्वानी रेडकार्ड पाउँदै मैदान छाडेका थिए ।

दोस्रो गोल गरेपछि झनै आक्रमक बनेको नेपालले अन्तिम समयसम्म बहराइनको पोस्टमा चार्ज गरिरह्यो ।

निर्धारित समयको अन्तिम ९० अाै‌ मिनेटमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका नवयुग श्रेष्ठले अर्को गोल थपे । यो पटक पहिलो गोल गरेका विमल घर्ती मगरले मिलाइदिएको क्रस पासमा नवयुगले गोल गरे । 
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z