संविधान संशोधनबाट माग पुरा भएको कुरा पहिलोपटक मधेसी मोर्चाले स्वीकार गर्यो !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, १६ माघ । नयाँ संविधानमा आफ्ना छुट्टै अधिकारको माग राख्दै तराईमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पहिलोपटक संविधान संशोधन स्वीकार गरेको छ ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनले आफूहरुको माग सम्बोधन गरेको स्वीकार गरेका हुन् ।
उनले आफूहरुको माग संविधान संसोधनले आंशिक रुपमा मात्रै सम्बोधन भएकोले मोर्चा असन्तुष्ट नै रहेको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।
यसअघि मोर्चाका नेताले संविधान संशोधनले कुनै माग पुरा नगरेको बताउँदै आएका थिए । भर्खरै दिल्लीबाट फर्किएका ठाकुरले मोर्चाका तर्फबाट संशोधन कार्यको अनौपचारिक रुपमा स्वागत गरेका हुन् ।

###
0 comments
Write Down Your Responses