अब त यही पिक्लिक्क मर्छु होला’ उनले गहभरी आँसु पार्दै भने, मर्नु भन्दा अगाडि ओढारबाट बाहिर आउने धोको छ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कान राम्रोसँग सुन्दैनन्, न राम्रोसँग आँखा देख्न सक्छन् । सन्तानको नाममा एउटी छोरी छिन् । त्यही पनि विवाह गरेर अर्कैकी भइसकिन् । धन सम्पत्ती त एउटा ओढ्ने कम्बल मात्रै छ । उनी त्यही ओढेर ओढारमा घुसुल्टिन्छन् । कहिले काँही छोरीले ल्याइदिने ढिँडो र भात बाहेक उनको जिन्दगी जंगलका गिठ्ठा र भ्याकुर खाएर बिताएका छन् । त्यसो त ल्याइदिन्छ पो कसले र? र त, उनी गिठा, भ्याकुर नपाउँदा छेवैको अँगेनीमा आगो तापेर भोकै आँत रात विताउँछन् । यो कुनै काल्पनिक कथा होइन्, यो त चितवन जिल्लाको लोथर गाविसका रूपसिंह चेपाङको दर्दनाक व्यथा पो हो । सिमान्तकृत र अति पछौटे जीवन व्यतित गरिरहेका चेपाङ समूदायका बयोबृद्ध उनी अहिलेसम्म ओढारमै आश्रय लिइरहेका छन् ।
चितवनको भण्डाराबाट सवा तीन घण्टाको कच्चिबाटो छिचोलेपछि पुग्न सकिने लोथर गाविसमा अझै २० भन्दा बढी चेपाङ परिवार ओढारमै जीवन गुजारिरहेका छन् । जंगलको बिच न त्यहाँ कुनै खेतीपाती देखिन्छ छ न त उनीहरूले केही उब्जाएका नै छन् । दिनभर जंगल चहार्यो र जम्मा पारेका गिठ्ठा, भ्याकुर र तरूल खाएर उनीहरूको जिन्दगी चलिरहेको छ । ‘हाम्रो खाना नै यही हो, मीठो नलागेर के गर्नु?’ गिठ्ठा चपाउँदै रूपसिंहले भने, भोक लागेपछि रूखका बोक्रा त मीठो हुन्छ ।’ उनले आफूहरूले गिठ्ठा भ्याकुर नपाउँदा रूखका बोक्रा खाएर जीवन विताएको उल्लेख गरे । ‘बुढो भइसकेँ ।
अब त यही पिक्लिक्क मर्छु होला’ उनले गहभरी आँसु पार्दै भने, मर्नु भन्दा अगाडि ओढारबाट बाहिर आउने धोको छ । उनी आफ्नो पुर्ख्यौली ओढार भत्किएपछि तल्लो ओढारमा सरेका छन् । ओरीपरि सिटा ठड्याएर न्यानो त बनाउन खोजेका छन् । तर, कठ्यांग्रिदो तुषारो थेग्न त्यो ओढारले के सक्थ्यो र? उनको छोरीलाई सरकारले १ लाख ८५ हजारको लागतमा सामान्य घर बनाइदिएको रहेछ । छोरीको घर भएकाले उनलाई त्यहाँ बस्न अप्ठेरो लागेको छ । ‘छोरीले जाउँ त भन्छे,’ उनले भने, ‘छोरीको घरमा के बस्नु ? कोही मनकारीले सहयोग गरेर सामान्य जस्ताको टहरो मात्रै बनाइदिए मेरो उद्धार हुन्थ्यो ।’

###
0 comments
Write Down Your Responses