नाकाबन्दी खोल्न नदिने को-को ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नाकाबन्दीबारे मधेसी मोर्चामा तीव्र विवाद

फाइल तस्बिर
काठमाडौं, १८ माघ । भारतको सहयोगमा नाकाबन्दी गर्दै आएका मधेशी मोर्चाका शीर्ष नेताहरूबीच तीव्र मतभेद देखा परेको छ ।
नाकाबन्दी जारी राख्ने अथवा फिर्ता लिने विषयमा मोर्चाआबद्ध चार वटै दलका शीर्ष नेताको फरक फरक बयान आएपछि नाकाबन्दीको विषय थप जटिल बनेको छ । मोर्चाआबद्ध नेता महेन्द्र राय यादवले चार दिन अघि माघ १८ गतेबाट बीरगञ्ज-रक्सौल नाका खुल्ने बताएका थिए । तर, उनको बयानलाई मनगढन्ते बताउँदै मोर्चाका अर्का नेता महन्थ ठाकुरले यसको विरोध गरेका छन् । दिल्लीबाट उपचार गराई शुक्रवार काठमांडौं फर्केका तमलोपा अध्यक्ष महन्थ ठाकुरले शनिवार पत्रकारहरूसंग कुराकानी गर्दै कसैले भन्दैमा नाका खुल्ने र बन्द नहुने बताएका थिए । उनले यसबारे मोर्चाको आगामी बैठकमा निर्णय लिने जानकारी दिएका थिए ।
यता महन्थ ठाकुरले आन्दोलनको स्वरूप परिवर्तन हुने संकेत पनि गरेका थिए । उता उपेन्द्र यादवले आन्दोलन अहिले नरोकिने र नाकाबन्दी पनि नखुल्ने स्पष्ट पारेका छन् । संविधान संशोधनपछि कडा प्रतिक्रिया दिंदै आएका उपेन्द्र यादवले मधेशी जनताबीच गुम्दै गएको आफ्नो साख जोगाउन जुटेका छन् ।
हुन त उनी पनि आन्दोलन र नाकाबन्दीले आफ्नो पार्टीलाई खासै फाइदा नभएको र नाकाबन्दीले पार्टीमा आन्तरिक विवाद झनै बढेको विश्लेषण हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठकमा गरिएको थियो । उनको पार्टीका वरिष्ठ नेता अशोक राई, सह अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले नाकाबन्दी जस्ता कार्यक्रम तत्काल फिर्ता गराउन उपेन्द्र यादवमाथि दबाब दिंदै आएका छन् ।
अहिलेसम्म बीरगञ्ज–रक्सौल नाका ठप्प पार्दै आएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब धेरै दिन बन्द हडताल नगर्ने र नाकाबन्दीको बारेमा पनि ठोस निर्णय लिन मोर्चाका अन्य घटक दलहरूमाथि दबाब दिंदै आएका छन् । आन्दोलन अवधिभर क्रान्तिकारी धार बनाएका महतो पाँच महिनादेखिको बन्द हडताल र चक्काजामले सरकारमाथि खासै असर नपरेको भन्दै यसको विकल्पबारे विचार गर्न मोर्चाका अन्य नेताहरू लाई दबाब दिंदै आईरहेका छन् ।
नाकाबन्दीबारे पनि महतोले आगामी बैठकमा ठोस निर्णय नलिए बीरगञ्ज नाका खोलिदिने चेतावनी दिएका छन् । उनले नाकाको राजनीति गर्ने भए भैरहवा, बिराटनगर र नेपालगञ्ज नाका पनि ठप्प पार्ने अन्यथा बीरगञ्ज नाका खोलि दिन सुझाव दिएका छन् ।
महतोले मोर्चाको निर्णय अनुसार अन्य घटक दलका नेताले नाकाबन्दीमा नसघाएको, नाका अवरूद्ध गर्न धर्नामा नबसेको र मोर्चाका नेताहरू बढी काठमाडौं केन्द्रित रहेको गुनासो गर्दै आएका छन् । त्यसैले अब कि त सबै शीर्ष नेता नाकामा आफै बसुन नत्र बीरगञ्ज नाकालाई बार्गेनिंगको रूपमा प्रयोग नगर्न प्रष्ट बताएका छन् ।
नाकाबन्दी खोलिने अथवा नखोल्ने र आन्दोलनको स्वरूपबारे छलफल गर्न मधेशी मोर्चाको बैठक २१–२२ गते हुने सम्भावना छ । मोर्चाका नेताहरू अहिले बिहारमा छन् जहां आन्दोलनमा समर्थन जुटाउन उनीहरू बिहारका मुख्यमन्त्री नितिश कुमार र लालू यादवसंग भेट्दै छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z