नेपाली महिलाले पसिना बगाउने यी हुन् ‘टप टेन’ मुलुक
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
घरेलु कामदार घट्दै, औद्योगिक कामदार बढ्दै
५ फागुन, काठमाडौं । नेपाली महिलाहरुको वैदेशिक रोजगार यात्रा खासै सुरक्षित छैन भनेर टिप्पणी हुन्छ । परम्पराबादी सोचका कारण पनि यसलाई अझै सकारात्मक रुपले हेरिँदैन पनि । फेरि पनि यो चुनौति चिर्दै बितेको २० वर्षमा १ लाख ८५ हजार महिला वैधानिक रुपमा नै कामका लागि विदेश गएका छन् । नेपाली महिलाहरुलाई मलेसियासहित खाडी मुलुक जानुको विकल्प खासै तयार भएका छैनन् ।
फाटफुट रुपमा केयर गिभरमा रुपमा इजरायल तथा इपीएस र जिट्कोमार्फत जापान-कोरिया जानेबाहेक नेपाली महिलासँग अन्य भरपर्दो विकल्प छैन । तर, पनि नेपाली महिला कामका लागि पुग्ने मुख्य दश देशका सूचीमा यी देशहरु पनि सामेल छन् ।
नेपाली महिलाको कामका लागि जाने मुख्य गन्तब्यमा भने मलेसियासहित खाडी मुलुककै बर्चस्व रहेको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख मधुबिलास पण्डितले बताए ।
संख्यात्मक रुपमा खाडी मुलुकमा अबसर धेरै भएपनि पारिश्रमिकका हिसाबले अन्य मुलुक निकै अग्रस्थानमा छन् ।
शिक्षित महिलाको गन्तब्य कोरिया, जापान र इजरायलतर्फ बढी भएपनि विपन्न परिवारका महिला भने मलेसियासहित खाडी मुलुकमा औद्योगिक कामदार बनेर आफ्नो श्रम बेचिरहेका छन् ।
टपटेन गन्तब्य
विभागको तथ्याङ्कलाई आधार मान्दा पछिल्लो समयमा नेपाली महिला समृद्धिको बाटोमा अग्रसर भएको मुलुक युएईमा बढी पुगेका छन् ।
वैधानिक रुपमा कामका लागि मुलुकबाट बाहिरिनेमध्ये युएईलाई श्रम गन्तब्य बनाउने महिलाको संख्या सबैभन्दा धेरै छ । उनीहरुको दोस्रो गन्तब्य मलेसिया हो । अघिल्लो वर्षसम्म नेपाली कामदारको पहिलो गन्तब्य रहँदा पनि मलसिया महिला कामदारको दास्रो रोजाई नै थियो ।
गत १८ महिनामा सबैभन्दा धेरै युएईमा १२ हजार ३९ जना महिला गएका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनमा मात्रै ४ हजार ४ सय ४५ जना महिला युएई पुगेका छन् । अघिल्लो आर्थिक वर्षमा ७ हजार ५ सय ९४ जना महिलाले युएइलाई श्रम गन्तब्य बनाएका थिए ।
मलेसियामा बितेको १८ महिनामा ७ हजार १० जना नेपाली महिला पुगेका छन् । अघिल्लो वर्ष ५ हजार ८ सय ९९ जना महिला मलेसिया पुगेकामा यो वर्षको पहिलो ६ महिनामा यो संख्या १ हजार १ सय ११ छ ।
नेपाली महिला जाने तेस्रो गन्तब्य कतार हो । अघिल्लो १८ महिनामा कतार जान ३ हजार २ सय ६७ महिलाले स्वीकृति लिएका छन् । यो आर्थिक वर्षको पुससम्म मात्रै ८ सय ८६ महिला त्यहाँ पुगेका छन् । अघिल्लो वर्ष २३ सय ८१ जना महिला कतार पुगेका थिए ।
साउदी अरेबिया नेपाली महिलाको पाँचौ आकर्षक गन्तब्य हो । बितेको १८ महिनामा साउदीले १ हजार ५ सय ५० जना महिलालाई भिसा दिएको छ । मलेसिया जाने महिलाको संख्या घटिरहँदा साउदी जाने महिलाको संख्या बढ्दो छ ।
गतवर्ष जम्मा ६ सय ७६ जना महिला साउदी गएकामा यसवर्षको पहिलो ६ महिनामै ८ सय ८७४ जना त्यहाँ पुगिसकेका छन् ।
यस्तै कुबेत पनि नेपाली महिलालाई कामको अवसर दिने मुलुकको सूचीमा पाँचौ नम्बरमा पर्छ । गत १८ महिनामा कुबेतमा १ हजार ३ सय ५० जना महिला पुगिसकेका छन् । यो वर्ष मात्रै ४ सय ३२ जना महिला पुगेको कुबेतमा गत वर्ष ९ सय १८ जना गएका थिए ।
यसैगरी १८ महिनाको बीचमा ओमानमा ९ सय ४९, बहराइनमा ७ सय १५, लेबनानमा ५ सय ३५, दक्षिण कोरियामा ४ सय ४१, जापानमा १ सय ९१ र इजरायलमा ७१ जना महिला कामदार वैधानिक रुपमै पुगेका छन् ।
अधिकांश औद्योगिक कामदार
वैधानिक रुपमा बाहिरिनेको तथ्याङ्क केलाइरहँदा अवैधानिक रुपमा विदेशिने महिला कति छन् भन्ने एकीन छैन । मानवअधिकारवादी संस्थाहरु वैधानिक रुपमा जाने जत्तिकै महिला चोरबाटोबाट विदेशिने दावी गर्छन् ।
घरेलु कामदारका रुपमा महिलालाई विदेश पठाउन सरकारले कडाइ गरेपछि अवैधानिक बाटो हुँदै दलालमार्फत भारतीय विमानस्थलबाट विदेश उड्नेको संख्या उल्लेख्य रहेको बताइन्छ ।
तर, वैदेशिक रोजगार विभागको श्रम कार्यालय प्रमुख पण्डित अधिकांश महिलामा औद्योगिक कामदारका रुपमा बैधानिकरुपमै विदेश गएको बताउँछन् ।
‘हामी घरेलु कामदारका रुपमा सहजै श्रम अनुमति दिँदैनौं’ पण्डितले भने, ‘त्यसका लागि विभिन्न प्रक्रियाहरु पूरा गरेर आउनुपर्छ । त्यसैले कम्पनीमा जाने महिलाको संख्या धरै छ ।’
पछिल्ला दिनमा सरकारले घरेलु कामदारलाई विदेश पठाउन पनि रोकेको प्रमुख पण्डितले बताए । घरेलु कामदार पठाउन सरकारले छुट्टै कार्यबिधि जारी गरेपछि केही समय खुलेको प्रतिबन्ध श्रम मन्त्रालयले फेरि लगाएको छ ।
कामदारका रुपमा मलेसियासहित खाडी मुलुक जाने महिलाले सामान्यतया महिनाको २५ देखि ३० हजार रुपैयाँसम्म तलब पाउँछन् ।
सरकारले वैधानिक रुपमा जाँदा महिला सुरक्षित हुने बताए पनि विदेशमा महिलाहरुले विभिन्न किसिमका हिंसा सहनु परेको रिपोर्टहरु सार्वजनिक भइरहेका छन् ।
तर, पतिको कमाईमा हैन, आफ्नै खुट्टामा उभिएर केही सपना बोकेका महिलाहरुको ‘विदेश यात्रा’ अझै तीब्र भइरहेको छ ।

###
0 comments
Write Down Your Responses