फुटबलमा ‘नवयुग’ले सिकाएको पाठ !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्रेम बानियाँ

नेपालमा, नयाँ नेपालको बहस चल्न थालेको धेरै भयो । वर्षौंदेखि समृद्धिको प्यासमा प्याक्प्याक्ती परेका छन् सारा नागरिक । वर्षौं भयो राजनीतिलाई दोष देखाइएको । राणा शाशन फालियो, निर्दलीय पञ्चायत पनि फालियो, जनमत संग्रह नै हेरियो, २ सय ४० वर्ष लामो इतिहास बोकेको राजतन्त्र पनि फालियो । अनि गणतन्त्र जिन्दावाद ! जिन्दावाद ! ! भनेर नारा मात्र लाइएन, जनताको बलबाटै थपक्क गणतन्त्र नै मैदानमा झारियो । यस्तो लाग्छ कि, नेपालमा जुन गतिमा राजनीतिक परिवर्तन भइरहेको छ, संसारमा यति तीब्र गतिमा बिरलै राजनीतिक परिवर्तन होला । तैपनि हामी संसारकै गरिबहरुमध्ये छौं, कमजोरहरु मध्ये छौं । कसैलाई जित्नै नसक्ने भएर जिएका छौं । बरु, अरुका लागि हारिदिने भएर प्रस्तुत छौं, जस्तो कि म्याच फिक्सिङ ! आखिर यस्को कारण के हो त ? के हामी सदासर्वदा गरिब भइरहनुपर्ने भाग्य लेखेर आएका नागरिक हौं ? के हामी गरिब भएर जन्मिए पनि धनी र शक्तिशाली हुननसक्ने वर्गका नागरिक हौं ? हरदिन यही प्रश्नले दिमाग खाइरहेका वेला सोमबार दिमाग नै रन्थनिने गरी खुशीले यस्तरी अंगालो हाल्यो कि, भारतलाई २–१ गोल अन्तरले मैदानमा परास्त गरेर नेपाली टोलीले भारतमा नेपालको राष्ट्रिय गानबीच आफ्नो चर्को उन्मादी आवाज दियो र नेपालीहरु खुशीले केहीबेर बेहोश भए ।




जितको कारण :

१. नेतृत्व परिवर्तन यदी एन्फा अध्यक्ष गणेश थापा फिफाको कारबाहीबाट ननिकालिएका भए अर्थात् नेतृत्व परिवर्तन नभएको भए …

२. प्रशिक्षक/खेलाडी परिवर्तन म्याच फिक्सिङको आरोपमा नेपालको राष्ट्रिय टिमका कप्तानसहित खेलाडीहरु परिवर्तन नभएका भए …वा प्रशिक्षक नै परिवर्तन नभएका भए …

३. शैली/तरिका परिवर्तन अनि आएका नयाँ खेलाडीहरुको पनि शैली उही र उस्तै भइदिएको भए …वा पैसाको लोभमा हारिदिन मञ्जुर भएका भए… हामी जित्न सक्थेनौं भन्नका लागि निकै लामोलामो वाक्यमा व्याख्या गरिरहन जरुरी छैन ।

जितको तात्पर्य ः

खुलस्त प्रमाण यही हो कि, नेपाली फुटबल क्षेत्र ओगटेर बसेका एक पुस्ताका खेलाडीहरु म्याच फिक्सिङको आरोपमा मैदानबाट जबर्जस्त निकालिए, तिनको नेतृत्व भष्टाचार आरोपमा बाहिरियो, प्रशिक्ष फेरिए । अनि नयाँ नेतृत्व आयो, मैदानमा नयाँ जोशका साथ नयाँ पुस्ताका खेलाडीहरु आए, नयाँ शैलीमा खेले अनि तिनले आफ्नो क्षमता प्रदर्शन गरेर पुष्टि गरिदिए कि अवसर पाउँदा देशको नाम उच्च बनाउन सक्छौं हामी । शानदार जितेर देखाइदिए, जस्लाई जित्नुजत्तिको आनन्द अरुलाई जित्नुमा थिएन । नेपाली फुटबल क्षेत्रको पछिल्लो यो संस्करण देश परिवर्तनको उज्यालो स्पष्ट संकेत हो जसले देशमाथि धुम्म लागेको कालो बादलबीच केही भएपनि उज्यालो देखिनेगरी छिमेकी भारतलाई हराएको छ र उपाधी सम्हालेको छ । अनि देशको हर क्षेत्रमा जबर्जस्त परिवर्तन ल्याउन जरुरी भएको संकेत गरेको छ । किनकी हरक्षेत्रमा मैदानका खेलाडीहरु पुराना छन् र प्रदुषित पनि ।हरक्षेत्रमा नेतृत्व खराब छ, खेल पनि । त्यसैले अब जबर्जस्त परिवर्तनको आधार दिएको छ नेपाली फुटबलले । म्याच फिक्सिङको मुद्दा लाएर नै होस् अब परिवर्तन छेकेर बसेकाहरुलाई पन्छाउन ढिला नगरौं ।जय स्वाभिमान ! !
News24Nepal.
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z