नेपाली मुद्रा हालसम्मकै कमजोर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा नेपाली मुद्रा कमजोर बनेको हो। नेपाल राष्ट्र बैंकका अनुसार डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ ७७ पैसा कायम भएको छ।

यसअघि गत सोमवार बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ ४८ पैसा कायम भएकोमा सो रेकर्डलाई तोड्दै डलर १ सय १० रुपैयाँनजिक पुगेको हो। त्यस्तै खरिदर मूल्य १ सय ९ रुपैयाँ १७ पैसा कायम भएको छ। विश्व सेयर बजार खस्किँदै जाँदा लगानीकर्ता डलरमा केन्द्रित भएका छन्, यसले डलर थप मजबुत बनेको विश्लेषण गरिएको छ।

डलर महँगो हुँदा भारु कमजोर बन्न पुग्ने र भारुसित स्थिर बिनिमयदर रहेको नेपाली मुद्रा स्वतः कमजोर हुन पुग्दछ। यसरी नेपाली मुद्रा कमजोर बन्दा आयातित सम्पूर्ण सामानको मूल्य महँगो पर्न जान्छ। निर्यातभन्दा आयातको आकार अत्याधिक ठूलो भएका कारण नेपाली अर्थतन्त्रलाई डलर महँगिदा नकारात्मक असर पर्ने गर्दछ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z