प्रचण्डको दैलोमा फेरि पुगे भारतीय राजदूत, यसरी सुनाए भारतको सन्देश
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ४ फागुन । नेपालका लागि भारतका राजदूत रञ्जीत रे पुनः एकपटक लाजिम्पाट पुगेका छन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न राजदूत रे मंगलबार अपराह्न प्रचण्ड निवास लाजिम्पाट पुगेका हुन् ।
प्रचण्डसँग भेटवार्ता गर्दै भारतीय राजदूत रेले भारतको सन्देश सुनाएका छन् । उनले आगामी फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भम्रण अगाडि भारतले राखेका शर्त पुरा गर्ने दिल्लीको सन्देश प्रचण्डलाई सुनाए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि मधेसीसहितको राजनीतिक संयन्त्र बनाउन दिल्लीले पठाएको सन्देश राजदूत रेले प्रचण्डलाई सुनाएका हुन् । जवाफमा प्रचण्डले राजनीतिक संयन्त्र बनाउने बिषयमा दलहरुबीच छलफल भइरहेको जानकारी गराएका थिए ।
मधेसमा आन्दोलनरत मधेसी मोर्चाले तराईमा दुई प्रदेश मागिरहेको छ । उक्त माग पुरा गरे देशभर आगो बल्ने देखिन्छ । यसैको बीचमा भारत सीमांकन टुंग्याउने राजनीतिक संयन्त्र बनाएर मात्र ओलीलाई दिल्लीमा स्वागत गर्ने तयारीमा छ ।
जसअनुसार भारतीय राजदूत सन्देश सुनाउन लाजिम्पाट पुगेका हुन् । प्रचण्डको निजी सचिवालयका अनुसार भारतीय राजदूतसँग प्रधानमन्त्रीको भारत भ्रमण र राजनीतिक संयन्त्रबारे मात्रै छलफल भएको थियो ।
प्रचण्डले प्रधानमन्त्री ओलीको भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

###
0 comments
Write Down Your Responses