यूएईबाट बिदामा गएका मोतीको श्रीमती संगै बिमान दुर्घटनामा मृत्यु -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
युएई
रोजगारीको शिलशिलामा पाच बर्ष पहिले युएई आएर युएईको अबुधाबीमा कार्यरत स्याङ्जा बिचारी चौतारा -७ का मोति बहादुर केसीको पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको
1जहाज म्याग्दीको सोली घोप्टेमा दुर्घटना हुदा उनको निधन भएको छ ।



उनीसंगै घुम्न गएकी उनकी श्रीमती पवित्रा केसीको पनि सोहि दुर्घटना परि  निधन भएको छ l



अबुधाबीको एक अल  जाबर क्यून सेक्युरिटी कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत उनि एक महिना पहिले दुई महिनाको बिदा लिएर घरमा गएका थिए l अघिल्लो बर्ष बिदामा जादा ठुलादिखी १ कि पवित्रा संग बिबाह बन्धनमा बाधिएका उनी बिहे लगत्तै फेरी अबुधाबी फर्केका थिए




फेरी एक बर्ष काम गरेर छुट्टी मनाउन एक महिनापहिले घरमा गएको र आज  अचानक मृत्युको खबर आएको सोहि कम्पनीमा कार्यरत स्याङ्गजाका दिपक पोखरेलले सुनौलो नेपाललाई बताए l



घरमा गएको बेला श्रीमती पवित्रासंग घुमघाम गर्न जोमसोम जाने क्रममा बिमान दुर्घटना हुदा दुबैको मृत्यु भएको हो l



बुधबार बिहान दुर्घटनामा परेको उक्त दुर्घटनामा उनीहरु संगै विमानमा सवार सबै २३ जनाको मृत्यु भएको पुष्टी भैसकेको छ l
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z