मृत्यु जितेर फर्किएका युवा नेता व्यवसायिक तरकारी खेतीमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
लमजुङ–नेताको दौराको फेरो समातेर आफ्ना सीमित स्वार्थ पूरा गर्दै सुख, सयल र मोजमस्ती गर्ने, छिटो पैसा कमाउने र हाईफाई जीवन यापन गर्ने उद्देश्यले प्रेरित भएर युवा राजनीतिमा लाग्ने प्रवृत्ति हावी हुँदै गइरहेको छ। तर राजनीतिमै लागेर झण्डै ज्यान गुमाएका एक युवानेता अहिले व्यवसायिक तरकारी खेतीमा रमाइरहेका छन्।
अहिले नेकपा एमाले जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहेका बाँझाखेत गाविस– १ खासुरका ३२ वर्षे युवा नेता दुधप्रसाद घलेले विगत ३ वर्षदेखि राजनीति सँगसँगै व्यवसायिक तरकारी खेती गर्दै आइरहेका छन्। बेसीशहर नगरपालिका– १३ चनौटेफाँटमा वार्षिक ६० हजार रुपैयाँमा भाडामा लिएको जग्गामा व्यवसायिक रुपमा मौसमी र वेमौसमी तरकारी खेती गर्दै आएका घलेले अहिले मौसमी तरकारीबाट मासिक ४० देखि ५० हजार र बेमौसमीबाट मासिक १ लाखको हारहारीमा आम्दानी गर्दै आएका छन्।
नौ रोपनी जग्गामा बनाएको ८ वटा टनेलमा आफूले मौसमी र बेमौसमी दुबै सिजनमा टमाटर, घिरौंला, चिचिण्डो, करेला, फर्सी, लौका, भिण्डी, रामतोरिया, घिउसिमी, केराउ, साग, मुला, गाजर, बन्दा, काउली, ब्रोकाउली, मटरकोसा, केराउ, काँक्रो, खुर्सानी जस्ता दर्जन बढी जातका तरकारी फलाउँदै आएको घलेले बताए । करिब ७ लाख रुपैयाँको लगानीमा तरकारी खेती गर्न थालेकोमा व्यवसायिक रुपमा निराश बन्नु नपरेको उनको भनाइ छ। उनी थप ५ वटा टनेल निर्माण गर्ने तयारीमा रहेका छन्।
उनले इजरायली ('ह्यागिङ' र 'मल्चिङ') प्रविधि अनुरुप टमाटरखेती गरेका छन्। जमिनमा काम नलाग्ने झार उम्रिन नदिन, माटो चिस्यान र मलको रसिलोपन जोगाउन जमिनमा प्लाष्टिक विछ्याएर टमाटर रोप्ने र बढ्दै गएको बोटलाई डोरी र तारमा झुण्ड्याएर टमाटर फलाउँदै आएका छन्। यो प्रविधि अनुसार तरकारी फलाउँदा पानी, मल र गोडमेल गर्ने खेतला कम लाग्ने उनको भनाइ छ । आफूले बेमौसममा दैनिक सय किलो र मौसममा दैनिक ५० किलो टमाटर उत्पादन गरी बजारमा पठाउँदै आएको उनले बताए।
फर्ममा उत्पादित तरकारी बिक्रीका लागि बेसीशहरको मनाङेचौतारोमा उनले तरकारी पसल समेत सञ्चालन गरेका छन्। तरकारी उत्पादनमा ६३ वर्षीय रमनसिं आलेमगरले उनलाई स्थायीरुपमा सघाउँदै आएका छन् भने बिक्रीमा श्रीमती २८ वर्षीया मनिता घले खट्दै आएकी छिन्। 'तालमेल मिलाएर काम गर्न सकियो भने यहीं बसेर पनि आम्दानी गर्न सकिदो रैछ,' घलेले भने, 'के गर्नु हामीकहाँ त राजनीति गरेपछि, पढेलेखे पछि माटो छुनै हुन्न भन्ने मानसिकता हावी भयो र पो ।'
जेठदेखि कातिकसम्मको बेमौसमी अवधिमा आफ्नो फर्ममा प्रशस्त तरकारी उत्पादन हुने र बजारमा पनि राम्रो मोल पाइने हुनाले आम्दानी पनि राम्रो हुने र मंसिरदेखि बैशाख सम्मको मौसमी अवधिमा जिल्ला बाहिरबाट तरकारी भित्रिने र स्थानीय उपभोक्ताले पनि करेसाबारीमा तरकारी फलाउने भएकाले आम्दानी घट्ने उनी बताउँछन्। जिल्लाको उत्पादनले जिल्लाको माग अनुरुप १० प्रतिशत मात्रै धान्ने र ९० प्रतिशत तरकारी अहिले पनि बाहिरबाट आउने लेखाजोखा उनले गरेका छन्। जिल्लाका उपभोक्ताले मौसमी बढी मात्रामा धादिङ र बेमौसमी चितवन र छिमेकी भारतबाटै आएका तरकारी उपभोग गर्दै आएको उनले बुझेका छन्। स्थानीय उत्पादन पाएसम्म उपभोक्ताले बाहिरबाट आएका तरकारी उपभोग नगर्ने गरेकोसमेत उनी बताउँछन्।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भएर विद्यार्थी राजनीतिबाट आएका घले अनेरास्ववियु जिल्ला अध्यक्ष, गण्डकी अञ्चल सचिव, तमु विद्यार्थी छोंज धि केन्द्रीय अध्यक्ष र अनेरास्ववियु केन्द्रीय कार्यालय प्रमुखहुँदै अहिले पार्टी जिल्ला सदस्यको जिम्मेवारीमा आइपुगेका छन्। पोखराको पृथ्वी नारायण क्याम्पसमा व्याचलर अध्यनसँगै गण्डकी अञ्चल सचिव रहँदा २०६४ असोज ७ गते एकीकृत नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) र पार्टीका कार्यकर्ताले घले माथि आक्रमण गरी मरणासन्न हुनेगरी कुटपिट गरेका थिए।
'विचारको लडाईमा थियौं, तर साथीले के सोच्नु भो कुन्नि,' घले भावुकहुँदै त्यो दिन सम्झिन्छन्, 'होस्टलमै थिएँ, दिउँसोमा घेरा हालेर कुट्नु भयो, शरीर थिलैथिलो, टाउको, अनुहार, शरीर भरी चोट, १२ वटा दाँत झरेका, मैले केही थाहा पाइनँ, म¥यो भनेर फालिदिनु भएछ, भाग्यले बाँचें ।' कुटपिटबाट घाइते उनलाई हेलिकोप्टर मार्फत् टिचिङ अस्पतालमा उपचार गरिएको थियो । उनको अघिल्लो भागको माथि ६ वटा र तल ६ वटा नक्कली दाँत राखिएको छ । अहिलेपनि टाउको र ढाडमा चिसो पर्न साथ दुख्ने समस्या भएको उनी बताउँछन् ।

###
0 comments
Write Down Your Responses