कठोर कदम चाल्दै पूर्वराजा ज्ञानेन्द्र, यस्तो छ खतरनाक राजनीतिक मिशन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ, ३ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह कठोर कदम चाल्ने तर्खरमा रहेको चर्चा राजावादी वृत्तमा चल्ने गरेको छ । तर, त्यो कठोर कदम भनेको के हो ? भन्ने कुरामा भने प्राय सबैजसो राजावादीहरु अनविज्ञ देखिन्छन् ।
समाचार स्रोतका अनुसार हिन्दुराज्य पुनर्वाहालीको सम्भावना नबढेसम्म पूर्वराजा शाह स्वदेश फर्कने छैनन् । उनी राजनीतिक मिशन बोकेर गत माघ ७ गते बैंकक गएका थिए । कहिले बैंकक र कहिले सिंगापुर बस्दै आएका शाहले यसबीचमा भारत र चीनका प्रभावशाली व्यक्तित्वहरुसँग भेटवार्ता गरिसकेको समाचार स्रोतले जनाएको छ ।
तर, भेटघाटको परिणाम भने प्रधानमन्त्री खड्कप्रसाद ओलीले भारत भ्रमण गरेको तीन, चार दिनपछि मात्रै देखिने अनुमानमा राजावादीहरु रहेको तरुण साप्ताहिकमा खबर छ ।
समाचार स्रोतका अनुसार धर्मनिरपेक्षता घोषणा गर्दा नेपालमा क्रिश्चियनिटी र फ्रितिव्वत गतिविधी बढेको भारतीय तर्कमा चीन सहमत भएका कारण पनि पूर्वराजा शाहले यो भ्रमणलाई फलदायी ठानेका छन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली धर्मनिरपेक्षता हटाउन सहमत भए भने पूर्वराजा शाह पनि केही दिनभित्रै दिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
समाचार स्रोतका अनुसार धर्मनिरपेक्षता विजेपीको पहलमा हटाइने र राजसंस्था पुनर्वाहाली कांग्रेस आइको पहलमा गरिने चर्चा राजावादीबीच छ ।

###
0 comments
Write Down Your Responses