सरकारले बढायो श्रमिकको तलब, कसको कति ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ३ फागुन । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण ऐनअनुसार श्रमिकहरुको तलब बढाएको छ ।
सरोकारवाला निकाय तथा विभिन्न ट्रेड युनियन सम्बद्ध अधिकारीसँग छलफल गरी सोमबार श्रम तथा रोजगार मन्त्रालयले श्रमिकको न्यूनतम पारिश्रमिकमा १ हजार ७ सय रुपैयाँ बढाएको हो । अब श्रमिकको न्यूनतम तलब ९ हजार ७ सय पुगेको छ । यसअघि श्रमिकको न्यूनतम परिश्रमिक ८ हजार रुपैयाँ मात्रै थियो ।
श्रम ऐनको दफा २१ को ५ ले दिएको अधिकार प्रयोग गरी चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने कामदार वा कर्मचारीको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको श्रम सचिव रामकुमार आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनका अनुसार मासिक न्यूनतम पारिश्रमिक ६ हजार २ सय ५ र महँगी भत्ता ३ हजार ४ सय ९५ रुपैयाँ तोकिएको छ । विज्ञप्तिमा भनिएको– ‘दैनिक ज्यालामा काम गर्ने काम गर्ने कामदार वा कर्मचारीको दैनिक ज्याला ३ सय ९५ रुपैयाँ कायम गरिएको छ ।’ यसअघि न्यूनतम पारिश्रमिक ५ हजार १ सय र २ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
उक्त आधारमा सरकारले १ हजार ७ सय रुपैयाँ ज्याला अघिल्लो पटकको तुलनामा वृद्धि गरेको हो । चिया बगान बाहेकका जुनसुकै निजी प्रतिष्ठानहरूलाई कामदार तथा कर्मचारीलाई अब कम्तीमा ९ हजार ७ सय रुपैयाँ मासिक तलब अनिवार्य दिनुपर्ने हुन्छ । योग्यता, आवश्यकता र आपसी समझदारीमा उक्त रकमभन्दा बढी तलबभत्ता निजी प्रतिष्ठानले दिन सक्छन् । चिया बगानका कर्मचारीको पनि छिट्टै तलब बढाइने तयारी भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z