प्रधानमन्त्री ढिलो उड्दा तीन जहाज आकाशमै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली उडान ढिलो हुँदा तीनवटा जहाज आकाशमै होल्ड गरियो ।
निर्धारित सयम तीन बजे नेपाल वायु सेवा निगमको जहाज उड्ने कार्यतालिका रहेपनि प्राविधिक कारणले प्रम ओली सवार जहाज ३ बजेर ३० मिनेट मात्रै उडेको थियो ।
दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाज, त्यसैगरी दिल्लीबाटै काठमाडौं आएको जेट एयरवेजको जहाज र कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाज ४५ मिनेटबढी आकाशमै होल्ड गरिएको हो ।
लामो समय होल्ड गरिएपछि एयर इन्डियाको एयरबस ३२१–२११ जहाज ३ बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
कतार एयरवेज ३३०–२०२ र जेट एयरवेज ३३७–८५ जहाजले भने अझै अवतरणको समय पाएका छैनन् । दुबै जहाज ३ बजेर ५० मिनेटसम्म आकाशमै घुमिरहेका छन् ।

###
0 comments
Write Down Your Responses