के हुँदैछ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
स्तरोन्नतीका लागि थप १ सय ४० विघा जग्गा अधिग्रहण हुदै




४ फागुन, भैरहवा । गौतम बुद्धको जन्मभूमी लुम्बिनीलाई अन्तर्राष्ट्रिय समुदायसंग सिधै जोड्नका लागि भैरहवामा निर्माण सुरु भरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणकार्य पुनः सुरुभएको छ । मधेश आन्दोलन र नाकाबन्दीका कारण करिव पाँच महिना अवरुद्ध भएपछि निर्माण प्रक्रिया पुनः सुरु गरिएको हो ।
हाल विमानस्थलको रन वे, टर्मिनल भवन र घाघरा नदी डाइभर्सन गर्ने कार्य भइरहेको छ । रनवेमा माटो फिलिङ गर्ने कार्य भइरहेको छ भने टर्मिनल भवनको फाउन्डेसन कार्य भइरहेको छ । त्यस्तै घाघरा नदी डाइभर्सन गर्ने ८५ प्रतिशत काम सम्पन्न भइसकेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजनाका प्रमुख ओम शर्माले बताए ।
उनका अनुसार ३ हजार मिटरको निर्माण हुने रन वेको सब बेसको तेस्रो लेयरको काम सम्पन्न भइ चाथौ लेयरको अर्थात रनेवको २ हजार २ सय मिटरमा कार्य भइरहेको छ । त्यस्तै रेन वेको छेउछाउमा बार लगाउने काम समेत भइरहेको छ ।
यस्तै टर्मिनल भावनको फाउन्डेसन कार्यमा ४० वटा भन्दा बढी पिलर लागिसकेका छन् भने ग्राउन्ड लेभलको कार्य लगाभग सम्पन्न भइसकेको छ । टर्मिनल भवन सन् २०१६ को मार्च महिना सम्म सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । ७५ मिटर चौडाई र १ सय ४५ मिटर लम्बाईमा निर्माण भइरहेको टर्मिनलको कुल क्षेत्र १५ हजार स्क्वायेरमिटर छ ।
Bhairawa-Airport
मधेस आन्दोलन र भारतीय नाकाबन्दीले आयोजनाको निर्माण कार्य करिब ५/६ महिना ढिला भइसकेको कारण ढिला समयमै काम सम्पन्न गर्न दिनका साथै रातिमा समेत निर्माण कार्य गरिएको आयोजना प्रमुह शर्माले बताए ।
‘भुकम्पले मजदुरहरु आ-आफ्ना घर फर्किए, नाकाबन्दीले इन्धनको अभाव भएको कारण निर्माण कार्यमा बाधा पुगेको थियो’ आयोजना प्रमुख शर्माले अनलाइनखबरसँग भने ‘पहिला त स्थिती विगि्रयो तर सन् २०१७ को अन्तिम महिना सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले अब स्थित यस्तै सहज रहेमा बढीमा सन् २०१८ को वषर्ा अघि सम्म निर्माण कार्य सम्पन्न गर्नेछ ।’
हाल विमानस्थल निर्माणको लागि विजुलीको समस्या रहेको उनले गुनासो पोखे । हामीलाई ३ मेगावाट विजुली आवश्यकता छ तर माग अनुसारको पुर्तिहुन सकेको छैन । उनले आयोजनाले ३ मेगावाट विजुली पाएमा रातिको समयमा समेत निर्माण कार्य जारी राख्ने तयारीमा रहेको जानकारी दिए ।

विमानस्थल निमार्णको लागि कुल बजेट मध्ये ५२ प्रतिशत बजेट एयर साइटमा र ४८ प्रतिशत बजेट ल्याण्ड साइटको लागि छुट्याइएको छ ।
यस्तै विमानस्थलको निर्माण कार्य सँगसँगै सिएनएस/एटिएम -एअर ट्राफिक म्यानेजमेन्ट) को लागि टेण्डर समेत छिट्टै आहृवान गर्ने तयारीमा प्रक्रियामा रहेको आयोजना प्रमुख शर्माले बताए ।
एक सय ४० विघा जग्गा थप अधिग्रहण हुदै
विस २०२३ सालमा संचालनमा आएको गौतम बुद्ध विमानस्थल स्तरोन्नतीका लागि जग्गा अधिग्रहण मध्ये पुन पाँचौँ पटक जग्गा अधिग्रहण गर्न लागिएको छ । आयोजनाले विमानस्थल स्तरोन्नतिका लागि पुन १ सय ४० विघा जग्गा अधिग्रहणका लागि सार्वजनिक सुचना जारी गरेको छ ।
Bhairawa-Airport3
७९ विघामा हाल संचालनमा रहेको गौतमबुद्ध विमानस्थललाई आयोजनाले अन्तराष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नतीका गर्नका लागि विमानस्थलको गुरुयोजना अन्र्तगत यसअघि २ सय ८ विघा जग्गा अधिक्रमण गरेको थियो भने पुन थप स्तरन्नोतिका लागि १ सय ४० विघा जग्गा अधिग्रहणक लागि कुल ४ सय २७ विघा जग्गामा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण हुन लागेको अयोजना प्रमुख शर्माले बताए ।
‘अधिग्रहण गर्न लागेको १ सय ४० विघामा जग्गा भुजौली गाउँका केही घर समेत परेको कारण विमानस्थलको जग्गामा गाउँ बस्ती नपार्ने सोचमा छौँ ।’ आयोजना प्रमुख ओम शर्माले अनलाइनखबरसँग भने ‘आधा घर पर्ने हो भने घर छोडिदिन्छौँ, सके सम्म मान्छेको बास नउठोस भन्ने धारणामा छौँ ।’
हाल जग्गा अधिग्रहणका लागि नेपाल सरकारद्धारा २ अर्ब ५० लाख रुपैयाँ छुट्ाइएको छ भने जग्गा अधिग्रहणमा कुल ५ अर्ब रुपैयाँ लाग्ने सक्ने अनुमान गरिएको उनले बताए ।
‘जग्गा अधिग्रहणका लागि सार्वजनिक सुचना जारी गरिसकेका छौँ, अमिनहरुले जग्गा नापँजाँच गर्ने कार्य गरिरहेको छन्’- आयोजना प्रमुख शर्माल भने ‘अब जग्गाको मुल्याङन गर्ने कार्य मात्र बाँकी रहेको छ ।’ अधिग्रहणमा परेको जग्गा धनीलाई सरकारले मुआब्जा दिने छ र जग्गा धनीले सरकारी मुआब्जा चित्त बुझ्नेगरी पाउन सक्ने उनको भनाई छ ।
विमानस्थल स्तरोन्नतीका लागि सिद्धार्थनगर नगरपालिकाको वार्ड नम्बर ४ ङ, ४ ग, वार्ड नं. ७ भजौलीको ७ क, ९ क, ४ ख, ७ ख र हाटीबनगाई गाविस १ क, १ ख क्षेत्रहरुको जग्गा अधिग्रहण गर्न लागिएको आयोजनाले जनाएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z