‘झन्डै टिभी फुट्यो, नवयुग एक्लैले जितेको होइन’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ६ फागुन । अहिले देशमा चर्चा छ नवयुगको । पछिल्लो एक महिनामा दुईवटा अन्तर्राष्ट्रिय उपाधि चुम्न सफल नेपालका लागि नवयुग श्रेष्ठको भूमिका उत्कृष्ट रह्यो ।
त्यसैले त नवयुगलाई नेपाली फुटबलमा नवयुग सुरुवात गर्ने योद्धाका रूपमा मूल्यांकन गरिएको छ । नवयुगको स्थायी घर इलाम हो । उनका आमाबुबा इलामको मंगलबारेमै बस्छन् । नवयुगको फुटबल जीवनको सेरोफेरोमा रहेर नयाँ पत्रिकाका ख्याम भुजेलले उनकी आमा बसुन्धरा श्रेष्ठसँग कुरा गरेका छन् ।
छोराले फुटबल खेलेर यस्तो नाम राख्छ भन्ने कहिल्यै लागेको थियो ?
थिएन, आशा नै थिएन नि । तर, फुटबल खेलेर नाम राख्यो । छोराको प्रगतिमा कुन आमा खुसी नहोलिन् र ? म त योभन्दा खुसी हुने ठाउँ नै छैन । छोराले नाम कमाएपछि सबै ‘देशले नै गर्व गर्ने छोराकी आमा’ भन्दै बधाई दिन्छन् । कतिजना त घरमा नै आउनुभयो । सबैले ‘नवयुगकी आमा हो’ भनेर सोध्छन् ।
छोराको निर्णायक गोलमा देशले खेल जित्दा कस्तो लाग्यो ?
हामी दुईजना (नवयुगका बुबा) घरमा नै टिभी हेरेर बसिरहेका थियौँ । पहिला त हार्ने भए भन्नेजस्तो लाग्यो । त्यतिखेर मैले जानेजति सबै देवीदेवता सम्झेँ, पुकारेँ । छोराहरूले जिते भने गजुरमुखीमा परेवा उडाउँछु भनेर भाकल गरेँ । नेपालले जित्यो, साहै्र खुसी लाग्यो । उसका बाबाले त छोराले गोल हान्दा ‘नवे’ले गोल लगायो भनेर टिभीमा हात ठटाउनुभयो । झन्डै टिभी फुट्यो । खुसीले के गरौँ कसो गरौँ, कता जाऔँ जस्तो भयो । तर, राति भइसकेको थियो, कता जानु के गर्नु र ? मेरो भाकल छ । ऊ (नवयुग) आएपछि गजुरमुखी लगेर एक जोडी परेवा उडाउन लगाउँछु ।
नवयुगले कहिलेदेखि फुटबल खेल्न थालेका हुन् ?
पहिलो बोली फुट्दै गोल भनेको हो । त्यो वेला के भनेको बुझ्न सकेनौँ । अहिले बुझ्दा गोली (बल) भनेको रहेछ जस्तो लाग्छ । खेलौना पनि गोली नै माग्थ्यो । सानोमा ट्याङट्याङे (प्लास्टिकको बल) खेलाउँथ्यो । हिँड्न थालेपछि दाहिने गोडाले गोल हान्न खोज्थ्यो । म पनि उसलाई बल नै दिएर भुलाउँथेँ । स्कुल जान थालेपछि झुत्रे गोली खेल्थ्यो । सनराइज बोर्डिङ गएपछि खेल्न थालेको हो । पछि, सरकारी स्कुलका मास्टरका छोराछोरीलाई बोर्डिङ पढ्न नदिने भनियो । सरकारी स्कुल जान मानेको थिएन । त्यहाँका हेडसर चेतप्रसाद दवाडीले ‘फुटबल खेल्न पाइन्छ’ भनेपछि मात्र स्कुल जान मान्यो । सानैदेखि फुटबल खेल्न भनेर हिँडिरहन्थ्यो । कता जित्थ्यो, कता हाथ्र्यो वास्तै हुँदैनथ्यो । देशकै लागि खेल्दा भने चासो हुँदो रहेछ ।
फुटबल जितिसकेपछि छोराले फोन गरे ?
फुटबल जितेपछि घरबाट बुबाले नै फोन गर्नुभयो । त्यतिवेला ‘फोटो खिच्न व्यस्त छु’ भन्यो । खासै कुराकानी भएन । भोलिपल्ट बिहान उसैले फोन गरेको थियो । मैले बधाई दिएँ । राम्रो प्रगति गरिस्, संसारलाई देखाइस् भनेँ ।
नवयुगलाई केही भन्नु छ ?
फुटबल जित्ने सबै छोराहरूलाई बधाई छ । मेरो मात्र छोराले खेल जितेको होइन । राम्रो खेल्नु । सबैले प्रशंसा गरेको देख्न पाऊँ । सधैँभरि हाँस्न पाऊँ । उसको अलि रिसाउने बानी छ । साथीहरूसँग नरिसाउनु । साथीहरूसँग मिलजुल गर्नु । नम्र बोल्नु । राम्ररी पढ्नु ।

###
0 comments
Write Down Your Responses