नेपालमा घर भाडा विश्वकै सस्तो !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
७ फागुन, काठमाडौं । काठमाडौंमा घरभाडा बढेर डेरावाल हैरान छन् । गत वैशाखको भूकम्पपछि त भाडामा कोठा पाउन समेत मुस्किल भएको छ ।
तर, विश्वव्यापी रुपमा गरिएको अध्ययनले नेपालमा कोठाभाडा अन्य मुलुकको तुलानामा निकै सस्तो देखाएको छ । साथै नेपाल संसारकै सस्तो जीवनयापन गर्ने देशमा पर्ने तथ्य बाहिर ल्याएको छ ।
अमेरिकामा महंगीको दर निकै उच्च भएपछि अवकाश प्राप्त जीवनमा अधिकतम् बचतका लागि कुन देशमा गएर समय बिताउन सकिन्छ भन्ने उद्देश्यले गो बैंकिङ रेट्स र्याङ्किङ सार्वजनिक गरेको टाइम डटकमले जनाएको छ ।
सामान्य स्तरको जीवयनपनको लागि सस्तो र सहज मुलुकको सूचीमा नेपाल २८ औं स्थानमा परेको छ । स्थानीय नागरिकको क्रय शक्ति, घर भाडा दर, दैनिक उपभोग्य बस्तुको मूल्य, विभिन्न सेवा व्यवसायका शुल्कका आधारमा यसको मापन गरिएको हो ।
अमेरिकाको न्यूयोर्क सिटीमा हुने खर्चको दरलाई आधार मानेर गरिएको अध्ययनमा नेपाल विश्वकै सबैभन्दा कम क्रयशक्ति भएको मुलुकमा दोस्रो स्थानमा परेको छ ।
नेपाली नागरिकको क्रयशक्ति न्ययोर्क सिटीका नागरिकको भन्दा ७२ दशमलव २ प्रतिशत कम छ । नेपालको घरभाडा न्यूयोर्कमा भन्दा ९५ दशमलव ४ प्रतिशत सस्तो छ । नेपालमा औसत एउटा बेडरुमका लागि एक महिनमा एकसय ९ डलर खर्च गर्दा पुग्ने अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार किराना सामग्रीको दर पनि अन्य ठाउँको भन्दा सस्तो छ भने न्यूयोर्कमा भन्दा ७१ दशमलव ५ प्रतिशत सस्तोमा किराना सामग्री खरिद गर्न सकिन्छ । यसैगरी स्थानीय सामग्रीको मूल्य र सेवाको शुल्क पनि न्यूयोर्कको तुलनामा नेपालमा ६९.३ प्रतिशत सस्तो रहेको अध्ययनले देखाएको छ ।
सस्तो जीवनयापन गर्न चाहनेहरुका लागि नेपाल उपयुक्त मुलुक हुन सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
१ सय १२ देशमा भएको सर्वेक्षणमा दक्षिण अफ्रीका सबैभन्दा सस्तो जीवनयापन गर्ने सुचीमा पहिलो स्थानमा छ । भारत दोस्रो, कासोभो तेस्रो, साउदी अरेयिबा चौंथो, काजखस्तान पाँचौं, जाम्बिया छैठौं, ओमान सातौं, पाराग्वे आठौं, चेक रिपब्लिक नवौं र मेसेडोनिया दसौं स्थानमा छन् ।

###
0 comments
Write Down Your Responses